पर्वतका गरिव तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ अल्डरसटमा च्यारिटी डिनर तयारी



पर्वत समाज यूके कार्यसमिति
लन्डन । पर्वत समाज यूकेले नेपाली नयां वर्ष २०८३ को अवसरमा एक च्यारिटी डिनर कार्यक्रम गर्ने तयारी गरेको छ ।
पर्वतका गरिव तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ आउंदो अप्रिल ४ तारिख शनिबार अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनर गर्न लागिएको समाजका अध्यक्ष सुरज पौडेलले जनाए ।
नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ सांगीतिक माहोलमा उक्त च्यारिटी डिनर गर्ने योजना समाजको छ । कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र लन्डनस्थित नेपाली दूतावासबाट समेत सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रम संयोजन उपाध्यक्षद्धय सन्जयध्वज भण्डारी र भिमलाल भट्टराईले गर्दैछन् । टिकट मूल्य वयस्कहरुका लागि २५ पाउण्डमात्र तोकिएको छ भने ५ देखि १० वर्षसम्मका बालबालिकालाई जनही १० पाउण्ड छ ।
‘हामीले नेपाली नयां वर्ष २०८३ आगमनलाई च्यारिटीसंग जोड्न लागेका हौं । शुभकामना आदानप्रदान र गुड कजका लागि आयोजित यस च्यारिटीमा आएर सहयोग गरिदिनु हुन हामी सबैलाई अनुरोधसहित आमन्त्रण गर्दछौं’, अध्यक्ष सुरज पौडेलले भने ।
बेलायतको च्यारिटी कमिसनमा दर्ता भएकाले आर्थिक पारदर्शीता संस्थाको प्रमुख प्राथमिकता रहेको पनि उनले प्रष्टयाए ।
सन् २००२ मा स्थापित पर्वत समाज यूके बेलायतको च्यारिटी कमिसनमा दर्ता छ । बेलायत तथा नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यसअघि पनि च्यारिटी डिनर गरि पर्वतका विभिन्न गाउंपालिकास्थित करिब एकहजार गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


