बिहीबार, ५ मार्च, २०२६
10:36 | १६:२१

‘बुद्ध मोर्गेज’ सुरु, घर खरिदकर्तालाई सहज सेवा दिने लक्ष्य

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२६

लन्डन– बेलायतमा नेपालीद्वारा सञ्चालित वित्तीय सेवा प्रदायक संस्था बुद्ध मोर्गेजले आफ्नो नयाँ वेबसाइट आधिकारिक रूपमा सञ्चालनमा ल्याएको छ।

स्थापनाको छोटो समयमै सेवाग्राहीको विश्वास जित्दै अघि बढेको यस संस्थाले हालै आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको हो ।

बेलायतमा रहेका मानिसलाई उनीहरूको वित्तीय लक्ष्य र सपनाहरू पूरा गर्न मद्दत गर्ने उद्देश्यका साथ किशोर राणाले सन् २०२५ मा ‘बुद्ध मोर्गेज’ को जग सुरुवात गरेका हुन् ।

विशेषगरी घर खरिद गर्ने सपना बोकेका र सुरक्षित वित्तीय भविष्य खोजिरहेकाहरूलाई व्यावसायिक परामर्श र सही मार्गदर्शन प्रदान गर्न आफू र आफ्नो टीम समर्पित रहेको संस्थापक किशोर रानाले बताए।

नयाँ वेबसाइटको शुभारम्भसँगै ग्राहकहरूले अब बुद्ध मोर्गेजले प्रदान गर्ने सेवाहरूको बारेमा सजिलै जानकारी लिन सक्नेछन्। यस प्लेटफर्ममार्फत सेवाग्राहीले मोर्गेजका विभिन्न विकल्प, बीमा तथा अन्य वित्तीय परामर्शका लागि विज्ञहरूसँग जोडिने अवसर पाउनेछन्।

संस्थाले विशेषगरी पहिलो पटक घर किन्न चाहनेहरू, र-मिर्गेज गर्न खोज्नेहरू र लगानीकर्तालाई लक्षित गरी आफ्ना सेवा सञ्चालनमा ल्याएको छ। सरल र पारदर्शी प्रक्रियामार्फत ग्राहकको आवश्यकता बुझेर उचित समाधान दिनु नै  मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ।

बुद्ध मोर्गेज परिवारले सबैलाई नयाँ वेबसाइट भ्रमण गरी आफ्ना सेवाहरूका बारेमा जानकारी लिन र आगामी वित्तीय योजनाहरूका लागि सहकार्य गर्न निमन्त्रणा गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू