एनआरएनए यूकेले अल्डरसटमा गर्यो जानकारीसभा



लन्डन । एनआरएनए यूकेले अल्डरसटमा एक अन्तरक्रिया गरेको छ । गत १८ जनवरी आइतबार एम्पायर हलमा सार्वजनिक जानकारीसभा तथा अन्तरक्रिया भएको हो ।
गैर–आवासीय नेपाली समुदायसंग प्रत्यक्ष संवाद गर्दै समसामयिक विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको संघको भनाइ छ ।
कार्यक्रममा विशेष अतिथि बोलाइएका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ कारणवश उपस्थित हुन नसकेपछि गैर–आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष विश्वासदीप तिगेलाले प्रमुख आतिथ्य ग्रहण गर्दै सहभागिता जनाए ।
उनले गैरआवासीय नेपाली समुदायको वर्तमान अवस्था, संगठनको भूमिका तथा आगामी प्राथमिकताका विषयमा धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक तथा भू–राजनीतिक अवस्था र भ्रष्टाचारविरुद्ध ‘सेभ द नेशन, बिल्ड द नेशन’ अभियान सञ्चालन गर्ने उद्देश्यले च्यारिटी संस्था दर्ता गरी प्रभावकारी कार्यक्रमहरु विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

अन्तरक्रियात्मक सत्रमा एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन्द्र बहादुर क्षेत्री, गैर–आवासीय नेपाली संघका मानार्थ सदस्य शान्ति थापा, प्रमुख संरक्षक डेभिड गुरुङ, गोर्खा अभियन्ताहरु धनबहादुर गुरुङ तथा पुष्पा राणा घले, सीएनसीबीजी अध्यक्ष थर्क राना, गेसो उपाध्यक्ष धर्म तामाङ, पानसका महासचिव रमेश शाही, गैर–आवासीय नेपाली संघका आइसीसी सदस्यहरु, सल्लाहकारहरु, एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका अध्यक्ष दिपक सुब्बा, प्रमुख सल्लाहकार डा. भिम पुन लगायत विभिन्न संस्थाका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता थियो ।
सहभागीले उठाएका जिज्ञासा र सुझावहरुको जवाफ प्रमुख अतिथि तिगेलाले स्पष्ट र व्यावहारिक ढंगले दिएका थिए ।
एनआरएनए यूकेका प्रवक्ता डा. कुल प्रसाद कंडेलले यस्ता सार्वजनिक जानकारी तथा अन्तरक्रिया कार्यक्रमले समुदायका आवाज, सरोकार र सुझावहरुलाई संस्थागत तहसम्म प्रभावकारी रुपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उक्त कार्यक्रम एनआरएनए यूके अध्यक्ष गाहा मगरको अध्यक्षतामा भएको हो । कार्यक्रम संयोजन उपाध्यक्ष अनिल मल्ल र सञ्चालन महासचिव जुरेन्द्र खजुम लिम्बुले गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


