बुधबार, ७ जनवरी, २०२६
09:24 | १५:०९

अल्डरसटमा चलचित्र ‘गौरी शंकर’ प्रदर्शन गरिंदै

नेपाली लिङ्क जनवरी ५, २०२६

लन्डन— नेपाली कला, संस्कृति र मौलिकतालाई समेटेर निर्माण गरिएको चलचित्र ‘गौरी शंकर’ आउँदो २५ जनवरी, २०२६ आइतबार बेलायतको अल्डरसटमा प्रदर्शन गरिने भएको छ।

यसअघि, वेल्सको कार्डिफ सहरमा सफल प्रदर्शन गर्दै दर्शकहरूको मन जितेको यस चलचित्रलाई अल्डरसटको एम्पायर ब्यांक्वेटिङ एण्ड हलमा विशेष प्रदर्शनीको रूपमा आयोजना गर्न लागिएको हो।

दिउँसो ३ बजेबाट सुरु हुने उक्त प्रदर्शनीको लागि अहिले तीव्र तयारी भइरहेको छ।
चलचित्रमा स्थानीय अभिनेत्री शोभा राणा पोखरेलको मुख्य भूमिका छ भने निर्देशक तथा अभिनेता आरबी खत्री, अभिनेता बिनोद श्रेष्ठ लगायत अन्य कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिनेछ।
स्थानीय कलाकारहरूको सहभागिताले गर्दा पनि अल्डरसट र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा यो चलचित्रप्रति विशेष उत्साह र आकर्षण देखिएको छ।विशेषगरी समसामयिक विषयवस्तुमा आधारित यो चलचित्रले नेपाली सिनेमा क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले एकसाथ बसेर हेर्न मिल्ने यो चलचित्रले नेपाली कला र संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।नेपालमा महाशिवरात्रिको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको यो चलचित्र बेलायतका अन्य शहरहरूमा पनि देखाइनेछ।

आफ्नो ठाउँका कलाकार र नेपाली मौलिक चलचित्रलाई माया गरिदिनुका साथै कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्न आयोजकले सबै नेपालीलाई अनुरोध गरेका छन्।

१६ वर्षमाथिका लागि १५ पाउण्ड र १६ वर्षमुनिका लागि १० पाउण्ड टिकट शुल्क निर्धारण गरिएको छ। टिकट अनलाइनमार्फत सुरक्षित गर्न सकिनेछ।

टिकटका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू