बुधबार, ३१ डिसेम्बर, २०२५
10:57 | १६:४२

भोजपुर प्रतिभा सम्मान सरण राईलाई, पुरस्कार तेजेन्द्र गन्दर्भलाई

नेपाली लिङ्क डिसेम्बर ३१, २०२५

लन्डन- भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वि.सं. २०८२ का लागि प्रदान गरिने भोजपुर प्रतिभा सम्मान र भोजपुर प्रतिभा पुरस्कार का प्राप्तकर्ता चयन गरेको छ।

प्रतिष्ठानको निर्णयअनुसार लेखक सरण राई लाई भोजपुर प्रतिभा सम्मान तथा तेजेन्द्र गन्दर्भ लाई भोजपुर प्रतिभा पुरस्कार प्रदान गरिनेछ। प्रतिष्ठानले यी सम्मान तथा पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आएको छ।

भोजपुर प्रतिभा सम्मान अन्तर्गत नगद रु. १५,००० (अक्षरेपी पन्ध्र हजार रुपैयाँ) सहित ताम्रपत्र प्रदान गरिनेछ।

त्यसैगरी, भोजपुर प्रतिभा पुरस्कार अन्तर्गत नगद रु. ३५,००० (अक्षरेपी पैँतीस हजार रुपैयाँ) तथा ताम्रपत्र प्रदान गरिने व्यवस्था रहेको छ।

प्रतिष्ठानले यसअघि साहित्यकार पूर्णप्रकाश यात्री, परशु प्रधान, कृष्ण जोशी, जिवि लुगुन, सैलेन्द्र साकार, मञ्जुल, गायक तथा संगीतकार गणेश रसिक, इतिहासकार ज्ञानमणि नेपाल तथा श्याम तमोट (हिरण्य भोजपुरे) लाई प्रतिभा सम्मान प्रदान गरिसकेको छ।

त्यसैगरी भोजपुर प्रतिभा पुरस्कारबाट कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लव ढकाल, कवि विमल गिरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण इन्फादा, गायक भिषण मुकारुङ, लेखक कविता राई तथा करुणा सम्मानित भइसकेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू