मंगलबार, ३० डिसेम्बर, २०२५
07:55 | १३:४०

लन्डनमा ‘होमलेस’ बनेका विद्यार्थी एनआरएनए यूकेको सहयोगमा फर्किए नेपाल

नेपाली लिङ्क डिसेम्बर ३०, २०२५

आदर्श बायांबाट तेश्रो

लन्डन । लन्डनमा होमलेस बनेका एक नेपाली विद्यार्थीलाई उद्दार गरेर नेपाल पठाइएको छ ।

गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका २१ वर्षीय आदर्श थापालाई एनआरएनए यूकेको सहयोगमा नेपाल पठाइएको हो ।

युनिभर्सिटीले फि नतिरेको भन्दै होम अफिस (गृह मन्त्रालय) लाई अवगत गराएर उनको भिजा रद्द भएपछि पार्टटाइम काम समेत गुमेर उनी चरम आर्थिक संकटमा परेका थिए । घरबेटीले समेत कोठाबाट निकालिदिएपछि एक साता घरविहीन (होमलेस) भएर रेल स्टेशनमा बसिरहेका बेला उनले एनआरएनए यूकेलाई सहयोग याचना 
गर्दै सम्पर्क गरे ।

त्यसपछि एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी, विद्यार्थी विभागका संयोजक विष्णु भट्टराई र खेलकुद विभागका सहसंयोजक प्रमोद भण्डारीले उनलाई भेटी तीन दिनसम्म एक होटलमा राखिदिएर शनिबार नेपाल फर्कन सहयोग गरे ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी संघले परिवारसंग समन्वय गरेर उनलाई नेपाल फर्कन सक्दो मद्दत गरेको बताउंछन् ।

‘अण्डरग्रयाजुएट विद्यार्थीलाई परिस्थिति निकै गारहो रहेछ । युनिभर्सिटीको महंगो फि तर जागिर नपाउने समस्याले म फर्कन वाध्य भएं’, उनले भने, ‘राम्रो पढ्छु, कमाइ पनि होला भन्ने अपेक्षा थियो । तर, रियालिटी फरक रहेछ । नेपालका कन्सल्टेन्सीहरुले काम मज्जाले पाइन्छ भनेर ढांटे, मेरो यहां बिजोक भयो ।’

आदर्शले अण्डरग्रयाजुएट पढ्न नआउन, आएपनि मास्टर्स अध्ययनका लागि रिसर्च गरेरमात्र आउन सुझाएका छन् ।

‘कन्सल्टेन्सीले त कमिशन आउंछ भनेर पठाइहाल्छन् तर विद्यार्थीले आउनु अगाडि आफैं रिसर्च गर्नु, युनी वरपर काम, कोठा पाइन्छ कि पाइंदैन् बुझेर मात्र आउनु नत्र मेरो जस्तो बेहाल हुन्छ’, उनले भने ।

बेलायतमा ‘फ्रिडम’ ज्यादा हुंदा धेरै नेपाली विद्यार्थी कुलतमा लागेको उनको अनुभव छ । ‘मेरै रुम मेट साथीहरु समेत दुर्व्यसनमा परेका छन् । केटामात्र होइन्, केटी साथीहरु पनि बिग्रिएका छन्’- उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू