तमुधिं यूके ह्याम्पसायर ईकाइमा नयां नेतृत्व, अध्यक्ष चुनिए महेन्द्र गुरूङ



लन्डन । तमुधिं यूकेको ह्याम्पसायर ईकाइमा नयां नेतृत्व चयन भएको छ । महेन्द्र गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति गठन भएको हो ।
अल्डरटस्थित डुंगा रेष्टुरेन्टमा भएको भेलामार्फत ईकाइको उपाध्यक्षमा विजय गुरुङ, महासचिव सोम गुरुङ, सचिव इश्वरी गुरुङ र कोषाध्यक्षमा सन्जय गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा मनोज गुरुङ, जापान गुरुङ, कृपा गुरुङ, अमित गुरुङ, प्रतिक गुरुङ र संगम गुरुङ चुनिए ।
नयां कार्यसमिति गठन अघि ईकाइको उद्देश्य र भावी कार्यक्रमबारे विचार विमर्श भएको थियो । सचिव सोम गुरूङले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष बेल बहादुर गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रमको सभापतित्व गर्दै अध्यक्ष महेन्द्र गुरूङले भावी योजना र संस्थाको हितमा हुने कार्यक्रम हरूमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।
तमुधिं यूके ह्याम्पसायर ईकाइको गरिमा मात्र नभई सिंगो तमुधिं यूकेको गरिमा झनै उँचो बनाउन आफ्नो कार्यसमिति लाग्ने पनि उनले बताए ।
नवनियुक्त अध्यक्ष महेन्द्र गुरुङले आफ्नो ईकाइ भावी पुस्तासंग जोड्ने एउटा बलियो कडीको माध्यम बन्नेमा पनि कुनै दुईमत नभएको बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


