सोमबार, २ मार्च, २०२६
17:33 | २३:१८

एनपीएलमा २९ खेलाडीले बनाए ३६ अर्धशतक, भण्डारीको उत्कृष्ट प्रदर्शन

रासस डिसेम्बर ९, २०२५

काठमाडौँ । राजधानीमा जारी एनपीएलमा अर्धशतकको संख्या ३६ पुगेको छ । मंगलबार सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले ५० रन पूरा गरेसँगै अर्धशतकको संख्या ३६ पुगेको हो ।

उनले आज विराटनगर किङ्सकाविरूद्ध ४४ बलमा १ छक्का र ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक समेत हो ।

यस सिजनमा ३६ अर्धशतक गर्ने २९ खेलाडी छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले, सञ्जय कृष्णमूर्ति र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, रिसि धवन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चार्ल्सवर्थ, कर्णालीका मार्कवाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्कवाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू