शनिबार, ६ डिसेम्बर, २०२५
21:54 | ०३:३९

बेलायतमा मोर्गेज, ट्याक्स र रेन्टल प्रोपर्टीसम्बन्धि निशुल्क जानकारी कार्यक्रम

नेपाली लिङ्क डिसेम्बर ६, २०२५

लन्डन । ए स्टार मोर्गेजेजले बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरि मोर्गेज, कर र रेन्टल प्रपर्टीबारे भर्चुअल कार्यक्रम गर्ने भएको छ ।

पछिल्लो समय बेलायतमा प्रोपर्टी मार्केटमा भइरहेको विभिन्न परिवर्तनबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले निशुल्क परामर्श कार्यक्रम राखिएको हो ।

आउंदो डिसेम्बर ११, बिहीबार साँझ ७ः३० बजे (यूके समय) भर्चुअल सेमिनार तय भएको छ ।

कार्यक्रम तीन मुख्य विषयमा केन्द्रित हुनेछ जहाँ पहिलो घर किन्न चाहने, ठूलो घरमा सर्नुपर्ने वा ‘बाइ टु लेट’ (बीटीएल) निजी तथा कम्पनी खरिदमा हुने फाइदा बेफाइदाबारे विस्तृत मार्गदर्शन दिइनेछ ।

दोस्रो भागमा यूकेको नयाँ म्यानेजिङ ट्याक्स डिजिटल्ली (एमटीडी) कर फाइलिङका परिवर्तन तथा बजेट ट्याक्स अपडेटबारे जानकारी प्रदान गरिनेछ ।

यसैगरी तेस्रो भागमा बाइ टु लेट, रेन्टर्स राइट बिलले ल्याउन सक्ने प्रभाव, घरधनी तथा लगानीकर्ताका चुनौती र कानूनी दायित्वबारे सम्बन्धित क्षेत्रका विशेषज्ञहरूले व्याख्या गर्नेछन्। साथै हालको ब्याजदर स्थिति र सहभागीहरूले राख्ने जिज्ञासाको प्रत्यक्ष समाधान पनि सेमिनारमा समावेश गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा चार्टर्ड ट्याक्स एड्भाइजर लेखनाथ घिमिरे, नर्थवुड आसफोर्डका कोलिन र प्यासेन्स, मोर्गेज एड्भाइजर कुमार गुरुङ, ए स्टार रियल स्टेटका नारायण तिमल्सिना र फाइनान्सियल एड्भाइजर मीन दर्लामीले प्रस्तुति दिनेछन् भने कार्यक्रम मोर्गेज एण्ड प्रोटेक्शन एड्भाइजर रमेश सराङकोटीले संयोजन गर्नेछन्।

आयोजकले इच्छुक नेपालीलाई सहभागी भएर लाभान्वित हुन आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू