२५औं वार्षिक साधारणसभा तयारीमा तमुधिं यूके


लन्डन- बेलायतको सबैभन्दा ठूलो नेपाली संस्था ‘तमुधिं यूके’ वार्षिक साधारणसभाको तयारीमा जुटेको छ ।
तमुधिं यूकेको २५औं साधारणसभा आउँदो डिसेम्बर महिनाको १३ तारिख आइतबारलाई तय भएको छ ।
मिचेटस्थित तमुधिं भवनमा बिहान ११ बजेदेखि साधारणसभा शुरु हुने कार्यक्रम छ ।
साधारणसभामा तमुधिं यूकेको केन्द्रीय समितिसंगै सबै इकाइहरुबाट अध्यक्ष, कार्यसमितिका पदाधिकारी र सदस्यहरु, सल्लाहकारहरु, ट्रष्टीहरु, पूर्व अध्यक्षहरुलगायतको सहभागिता रहनेछ ।
तमुधिं यूकेमा गत वर्ष जुमकाजी गुरुङ नेतृत्वको कार्यसमिति निर्वाचित भएपछि अहिले पहिलोपटक साधारणसभा हुन लागेको हो । साधारणसभाबाट संस्थाका हालसम्मका गतिविधिहरुको समिक्षा र भावी कार्ययोजनाहरुको तर्जुमा गरिने महासचिव डा विशाल गुरुङले जानकारी दिए ।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले वार्षिक साधारणसभामा सहभागी हुन सम्बन्धित सबैलाई आव्हान गरेका छन् ।
‘साधारणसभा हाम्रो विगतको मुल्यांकन गर्दै भविष्यका बारेमा महत्वपूर्ण योजनाहरु तय गर्नुपर्ने विशेष अवसर हो’, अध्यक्ष गुरुङको आग्रह छ, ‘सबैजनाको सक्रिय र रचनात्मक सहभागिता हामीले अपेक्षा गरेका छौं ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



