मंगलबार, १८ नोभेम्बर, २०२५
16:57 | २२:४२

लन्डनको ‘५ के एक्टिभ रन’ का लागि नाम दर्ता आव्हान, भर्चुअल पनि दौडिन मिल्ने

नेपाली लिङ्क नोभेम्बर १८, २०२५


लन्डन- साउथ इष्ट लन्डनमा आयोजना हुने ‘५ के एक्टिभ रन’ मा सहभागिताको लागि नाम दर्ता गराउन आव्हान गरिएको छ ।

पासा पुचः गुथि यूकेको साउथ इष्ट लन्डन शाखाको आयोजनामा यही नोभेम्बर २३ तारिख आइतबार हुने दौडमा भाग लिन बेलायतवासी नेपालीहरुलाई आव्हान गरिएको हो।

लन्डन बेक्सलीस्थित ड्यान्सन पार्कमा बिहान ९ बजे शुरु हुने दौडमा भर्चुअल माध्यमबाट पनि भाग लिन मिल्ने आयोजकले जनाएका छन् ।

दौडमा १ सय जनाभन्दा बढी सहभागी भौतिक रुपमै दौडिने र त्यसभन्दा अझ ठूलो संख्यामा भर्चुअल सहभागिता रहने अपेक्षा गरिएको आयोजक गुथिका सचिव ईश्वर महर्जनले नेपालीलिंकलाई बताए ।

भौतिक तथा भर्चुअल दुवै माध्यमबाट दौड सम्पन्न गर्ने धावकहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जनाए ।

पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाले समुदायमा स्वास्थ्य सचेतना बढाउने उद्धेश्यले ‘एक्टिभ रन’ आयोजना गरेको हो । गत वर्ष पहिलोपटक आयोजना गरिएको दौडको यो दोस्रो संस्करण हो ।

पासा पुचः गुथि यूकेका बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशिल प्रजापतिले एक्टिभ रनमा सहभागिताका लागि बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् । दौड गुथिका सदस्यहरुलाई मात्र नभइ सिंगो नेपाली समुदायका लागि खुला रहेकाले सबैको सहभागिता अपेक्षा गरिएको उनले बताए ।

दौडमा सहभागिताका लागि नाम दर्ता गराउन यो लिंकमा क्लिक गर्नुहोस् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू