शुक्रबार, ७ नोभेम्बर, २०२५
18:54 | ००:३९

नेपाली महिला समूह नोटिङहाममा नयाँ नेतृत्व

नेपाली लिङ्क नोभेम्बर ७, २०२५

लन्डन । नेपाली महिला समूह (वुमन्स फाउण्डेशन) नोटिङहाममा नयां नेतृत्व चयन भएको छ । ६ नोभेम्बर बिहीबार सम्पन्न पाँचौं महाधिवेशनले सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो ।

नव–निर्वाचित कार्यसमितिको अध्यक्षमा श्रीमती विष्णु खरेल, उपाध्यक्ष श्रीमती सरस्वती सापकोटा, महासचिव श्रीमती सकुन्तला न्यौपाने, सचिव श्रीमती मिना खरेल, कोषाध्यक्ष श्रीमती पुतली कंडेल र सह–कोषाध्यक्षमा श्रीमती मेनुका कंडेल चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा श्रीमती मन्जु डुम्रे, श्रीमती विष्णु सापकोटा, श्रीमती इसा कंडेल, श्रीमती सुशीला पान्डेय, श्रीमती सिता सापकोटा, श्रीमती सिता साहनी, श्रीमती कला भट्टराई र श्रीमती सुनिता पराजुली निर्वाचित भए ।

क्षेत्रीय प्रतिनिधि (एरिया लिडर) हरूमा श्रीमती निर्मला चौधरी र श्रीमती लक्ष्मी आले ह्वाइटमुर, श्रीमती बालकुमारी खड्का र श्रीमती देवी भट्टराई बिलबरो, श्रीमती सिता भुसाल र श्रीमती गोमा भुसाल एस्प्ली, श्रीमती विनीता ढकाल स्टर्ली, श्रीमती कमला सापकोटा र श्रीमती कल्पना सापकोटा सेनिङटन, श्रीमती कमला भन्डारी र श्रीमती कोपिला कंडेल बास्फोर्ड र श्रीमती अम्बिका कार्कीले बुलवेललाई प्रतिनिधित्व गर्नेछन् ।

सल्लाहकार मण्डलमा निवर्तमान अध्यक्ष श्रीमती निरू चालिसे, पूर्व अध्यक्षहरू श्रीमती गिता भट्टराई, श्रीमती अर्चना हमाल, श्रीमती कल्पना गुरुङ, श्रीमती मेनुका बस्नेत, श्रीमती गंगा खरेल, श्रीमती सुमित्रा गौतम र संरक्षकहरूमा श्रीमती लक्ष्मी (पन्थि) खाति र श्रीमती मीना भण्डारीलाई चुनिएको छ ।

नेपाली समाज, नोटिङहामका संस्थापक अध्यक्ष रण बहादुर खाति क्षेत्रीले निर्वाचित नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् । उनले समूहको एकता, सशक्तिकरण र सामाजिक सेवामा अझ प्रभावकारी भूमिका रहोस् भन्ने शुभकामना समेत दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू