सोमबार, १३ अक्टोबर, २०२५
12:00 | १६:४५

इजरायलमा अपहरण गरिएका विपिन जोशी जीवित नरहेको पुष्टि

नेपाली लिङ्क अक्टोबर १३, २०२५

लन्डन । हमासको आक्रमणपछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि गरिएको छ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७:३० बजे इजरायली डिफेन्स फोर्स (आइडिएफ) की एक महिला अधिकारीले दूतावासमा सम्पर्क गरी विपिन जोशी अब जीवित नरहेको जानकारी दिएको बताएका छन्।

दूतावासले उक्त सूचना प्राप्त गरेलगत्तै जोशीका परिवारसँग तुरुन्तै सम्पर्क गरेको जनाएको छ।

विपिन जोशी सन् २०२३ अक्टोबरमा इजरायलमा अध्ययनरत रहँदै बन्धक बनाइएका थिए। इजरायल–हमास युद्ध सुरु भएपछि उनको अवस्थाबारे कुनै निश्चित जानकारी प्राप्त भएको थिएन।

गत बुधबार विपिनको करिब एक वर्ष पुरानो भिडियो सार्वजनिक गरिएको थियो। उनको अवस्था पत्ता लगाउन भन्दै नेपाल सरकारले पहल गरेपछि विपिनकी आमा र बहिनी इजरायल पुगेर फर्किएका थिए।

हाल उनीहरु विपिनको रिहाइको प्रतिक्षा गर्दै अमेरिकामा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू