मंगलबार, ११ नोभेम्बर, २०२५
16:44 | २२:२९

गल्कोट समाज युकेको लन्डन क्षेत्रीय बैठक, नयाँ कार्यसमिति चयन

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२५

लन्डन । गल्कोट समाज युकेको लन्डन क्षेत्रीय बैठक २१ सेप्टेम्बर आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको छ। समाजका केन्द्रीय अध्यक्ष विष्णु चालिसेको अध्यक्षतामा बसेको उक्त बैठकले नयाँ क्षेत्रीय कार्यसमिति चयन गरेको छ।

बैठकले समाजका केन्द्रीय उपाध्यक्ष राजु बोहराको संयोजकत्वमा १ सदस्य पछि थप्ने गरी ७ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन गरेको छ। कार्यसमितिका पदाधिकारीहरूमा सचिवमा इन्द्रा कुमारी सुनुवार र कोषाध्यक्षमा प्रेम कुनवार चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा कल्पना गुरुङ काउचा, प्रेम सापकोटा, सकुन्तला खड्का श्रेष्ठ र रिम पुन मगर छन्।

नवगठित कार्यसमितिको पहिलो बैठकले दशैँ तिहारको बीचमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने निर्णय गरेको संयोजक राजु बोहराले जानकारी दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू