सोमबार, १ सेप्टेम्बर, २०२५
03:05 | ०७:५०

बेलायतभर दुस्मन हेरेको हेरयै, १३ सेप्टेम्बर एम्पायर अल्डरसटमा

नेपाली लिङ्क अगस्ट ३१, २०२५

लन्डन । गायक तथा मोडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरयै’ ले सय मिलियन (१० करोड) भ्यूज पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिंदै लेखेका थिए, ‘आजको नयाँ पिढीले बेग्लै स्वादका गीत संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेरयै’ गीतको भ्यूवर्सबाट थाहा हुन्छ । सय मिलियन भ्यूज पुगेको उपलक्ष्यमा गीतका सर्जक दुर्गेश थापालाई बधाई ।’

अहिले त ८ महिनामा यस गीतको भ्यूज १२४ मिलियन नाघिसकेको छ । थापाकै शब्द, संगीत रहेको यस गीतमा आनन्द कार्की, एलिना चौहान र समीक्षा अधिकारीको समेत स्वर छ भने म्यूजिक भिडियोमा प्रियंका कार्की र कविता नेपालीले उनलाई साथ दिएका छन् ।

दुर्गेसको अर्को चर्चित नयां गीत ‘जाने भए जाम माया…’ पनि हिट छ । उक्त गीत रिलिजको महिना दिनमै १७ मिलियन भ्यूज भइसकेको छ ।

‘दुर्गेस नाम होइन ब्राण्ड हो’ बताउने यी गायक ग्लोवल ट्रेन्डिङमा समेत पर्न सफल भए । यी गायकलाई अहिले देश विदेशमा कन्सर्ट गर्न भ्याइ नभ्याइ छ । विदेशमा आयरल्याण्ड, अष्ट्रेलिया, कुवेत आदि देशमा परफर्म गरिसकेका यीनै चर्चित गायक दुर्गेश थापालाई अब बेलायतवासी दर्शकले पाउने भएका छन् । ‘दुस्मन हेरेको हेरयै टुर’ का लागि उनी सेप्टेम्बर ४ तारिख लन्डन आउने तयारी छ ।

६ सेप्टेम्बरमा ब्लीट्च प्रेस्टन, ८ सेप्टेम्बरमा ब्रिटानिया इन वेष्ट ब्रोमिच, सेप्टेम्बर १२ मा स्कला लन्डन, १३ सेप्टेम्बरमा एम्पायर अल्डरसट र १५ सेप्टेम्बरमा लक्वीड रुम एडिनबरा स्कटल्याण्डमा उनको कन्सर्ट तयारी गरिएको आयोजकले जनाएका छन् ।

सोल्टी इभेन्ट्सले १३ सेप्टेम्बर शनिबार सांझ एम्पायर हल अल्डरसटमा कन्सर्ट गर्दैछ । उक्त कार्यक्रममा दुर्गेस अलवा आरुसी मगरको नृत्य, प्रिय गुरुङको सुमधुर गायनका साथ डिजे एडमको बेजोड प्रस्तुति रहने आयोजकमध्ये एक राजन गुरुङले जनाए । सोल्टी इभेन्ट्सका तर्फबाट विश्व गुरुङ, सन्तोष गुरुङ र राजन गुरुङ कार्यक्रम सफल बनाउन जुटिरहेका छन् । उक्त कार्यक्रमको प्रस्तोता हुन् सिड्नी गुरुङ ।

गायक दुर्गेशले बेलायतका संगीतप्रेमी नेपालीलाई आफ्नो कन्सर्टमा आइदिन अनुरोध गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू