लन्डन ह्वाइट कलर फाइट क्लब बक्सिङमा विजेता बने बाबुराम



लन्डन- लन्डनमा सम्पन्न एक क्लबस्तरीय खुला बक्सिङ प्रतियोगिता नेपाली खेलाडीले जितेका छन् ।
‘द ह्वाइट कलर फाइट क्लब लन्डन’ को आयोजनामा गत शुक्रबार सम्पन्न खुला बक्सिङ प्रतियोगिताको उपाधि बाबुराम ठकुरी मल्लले जितेका हुन् ।
८० केजी तौल समूहको फाइनलमा स्कटिश खेलाडीलाई पराजित गर्दै उनी विजेता बने ।
प्रतियोगिताका लागि प्राथमिक चरणमा क्लबबाट छनोटमा परेपछि मल्लले फाइनल खेल्ने अवसर प्राप्त गरेको जानकारी दिए । शुरुमा क्लबमा दुई वटा फाइट जितेपछि उनी फाइनलका लाग छनोटमा परेका थिए ।
‘लन्डनमा क्लबस्तरीय प्रतियोगितामा विजेता बन्दा मेरो आत्मविश्वास झन् बढेको छ । अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव लिने अवसर पनि मिलेको छ’, मल्लले नेपालीलिंकसंग भने, ‘यो जीतले मलाई आफ्नो खेल र अभ्यासलाई निरन्तर राख्न हौसला दिएको छ ।’
नेपालमा सुर्खेत घर भएका मल्ल केही वर्षदेखि लन्डन बस्दै आएका छन् । विगतमा नेपालमा रहंदा आफूले किक बक्सिङमा राष्ट्रिय स्तरकै प्रतियोगिता समेत खेल्ने गरेको उनले बताए ।
द ह्वाइट कलर फाइट क्लब लन्डनले च्यारिटी प्रयोजनमा नियमित रुपमा यस्ता फाइटहरु आयोजना गर्ने गरेको छ । जुन फाइटहरुमा प्रोफेसनल तथा नन-प्रोफेसनल स्तरका बक्सरहरु सहभागी हुने गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५