ब्रिटिश सेनाको मुख्यालयमा प्रधानसेनापति सिग्देललाई औपचारिक स्वागत


लन्डन। बेलायती सेना प्रमुख जनरल सर रोली वाकरले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देललाई आज एन्डोभरस्थित ब्रिटिश सेनाको मुख्यालयमा औपचारिक स्वागत गरेका छन् ।
वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल १९ असोजदेखि २५ गतेसम्म बेलायत भ्रमणमा छन् ।
‘उक्त भेटघाटले बेलायत र नेपालबीच घनिष्ठ र लामो समयदेखिको रक्षा साझेदारीलाई प्रतिबिम्बित गरेको छ जुन साझा इतिहास, पारस्परिक सम्मान र ब्रिटिश सेना र नेपाली सेनाबीचको निरन्तर सहयोगमा बनेको थियो’- ब्रिटिश सेनाले जनाएको छ।
जनरल वाकरले बेलायती सेनामा गोर्खाहरूले खेलेको महत्त्वपूर्ण भूमिकाका लागि प्रशंसा पनि व्यक्त गरेका छन् ।
यस अघि प्रधान सेनापति सिग्देलले लन्डनस्थित ह्वाइटहलको हर्स गार्ड्स एभेन्युमा अवस्थित ऐतिहासिक गोर्खा स्मारकमा पुगेर रिथ अर्पण गरेका थिए।
सिग्देलको बेलायत भ्रमणले दुई देशको आपसी सम्बन्ध तथा सैनिक कूटनीतिकमार्फत नेपालको पराष्ट्र नीतिलाई समेत योगदान पुग्ने नेपाली सेनाको विश्वास छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


