मंगलबार, ११ अगस्ट, २०२६
02:59 | ०७:४४

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने

नेपाली लिङ्क अगस्ट १०, २०२६

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ।

आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२, २०२६ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपदेखि लागू हुनेगरी नेपाली राष्ट्रिय क्रिकेट टिमको एक दिवसीय कप्तानको रूपमा लामिछानेलाई जिम्मेवारी तोकिएको क्यानका सचिव पारस खड्काले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मलेसियामा हुने एसीसी प्रिमियर कप नेपाली टोलीका लागि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामध्ये महत्वपूर्ण मानिएको छ। लामिछानेको नेतृत्वमा नेपाली टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू