१९औँ रेडिङ कप ५ सेप्टेम्बरमा, टिम इन्ट्री गर्न आव्हान

लन्डन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसन (जिआरएनसी) ले ‘१९औँ रेडिङ कप २०२६’ को तयारी शुरु गरेको छ ।
आउंदो ५ सेप्टेम्बर पाल्मर पार्कमा तय उक्त फुटबल प्रतियोगिताका लागि अहिले बेलायतमा रहेका फुटबल टिमलाई नाम इन्ट्री गराउन आव्हान गरिएको छ ।
प्रतियोगिता संयोजक मिन कुमार गुरुङका अनुसार, युथ (१८ प्लस) टिमको इन्ट्री फि २६० पाउण्ड छ भने यस क्याटगोरीमा पहिलो हुने टिमले २०२६ र रनरअपले १०२६ पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरि, भेट्रान (३८ प्लस) को इन्ट्री फि पनि २६० पाउण्ड छ भने यस क्याटगोरीमा पहिलो हुने टिमले १०२६ र रनरअपले ५२६ पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सुपर भेट्रान (४५ प्लस) टिम इन्ट्री फि २२५ पाउण्ड छ भने वीनरले ५२६ पाउण्ड र रनरअपले ३२६ पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उता, भलिबल (भेट्रान) को इन्ट्री फि २०० पाउण्ड राखिएको छ । यस खेलमा पहिलो पुरस्कार एकहजार पाउण्ड र दोश्रो पुरस्कार ६०० पाउण्ड छ ।
साथै, १२–१५ वर्ष उमेर समूहका युवाका लागि मैत्रीपूर्ण खेल र ज्येष्ठ नागरिकहरू (६० वर्षभन्दा माथि) का लागि पेनाल्टी किक–आउट प्रतियोगिता पनि समावेश गरिने जीआरएनसीले जनाएको छ ।
यस वर्षको प्रतियोगितासम्बन्धी मुख्य जानकारी, खेल तालिका र सहभागीहरूबारे विवरण सार्वजनिक गर्न २३ अगस्ट ०२६ का दिन एक औपचारिक पत्रकार सम्मेलन आयोजना गरिने जीआरएनसीले जनाएको छ ।
सो अवसरमा नेपाली खाना र व्यापारिक स्टलहरु साथै हेल्थ क्याम्प रहनेछ भने पञ्चे बाजा लगायत अन्य सांगीतिक धुनले रेडिङ कपलाई थप रोचक बनाउने अपेक्षा आयोजकको छ ।
ग्रेटर रेडिङ नेपलिज कम्युनिटी अध्यक्ष भिमसेन खड्का र महासचिव डा. भरत पौड्यालले इच्छुक टिमहरुलाई बेलैमा नाम दर्ता गराउन आव्हान गरेका छन् । बेलायतमा हुने फुटबल प्रतियोगितामध्ये रेडिङ कप समर सिजनको अन्तिममा गरिने इभेन्ट हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


