चौंथो मिडल्याण्ड नेपाली मेला तयारी तीव्र, बेलायतभरका नेपालीलाई निम्तो

लन्डन । नेपाली समाज नटिङ्घम यूकेले आउंदो २७ जुलाई सोमबार चौंथो मिडल्याण्ड नेपाली मेला तयारी तीव्र भएको जनाएको छ ।
समाजले आइतबार थोर्प आर्नोल्ड क्रिकेट क्लव परिसरमा एक पत्रकार सम्मेलन गरि मेला तयारीबारे जानकारी दिएको हो ।
समाजका अध्यक्ष लोकनाथ अधिकारीले नटिङ्घमको मेलबर्न पार्कमा हुने उक्त मेलालाई मिडल्याण्ड मात्र नभएर बेलायतवासी समस्त नेपालीले चाडपर्वका रुपमा मनाउने बताए ।
उनले मेलामा भलिबल तथा फुटबल जस्ता खेलकुद गतिविधि, खाना, हस्तकला र च्यारिटीका स्टल, राष्ट्रिय कलाकारहरुका साथ सांस्कृतिक प्रस्तुति एवं बालबालिकाका लागि बाउन्सी क्यासल र ‘फेस पेन्टिङ’ समावेश हुने बताए ।
मेलामा मौलिक नौमती बाजा, थपडी र मादलमा तीजको मौलिक नाचगान, भजनकीर्तन, लाखे नाचसहितका सांस्कृतिक आकर्षण, कबड्डी, घैंटो फोर्ने खेल, पत्नी बोक्ने दौडजस्ता थुप्रै मनोरञ्जनात्मक खेल पनि खेलाइने अध्यक्ष अधिकारीले जनाए । साथमा, आकर्षक पुरस्कारहरुसहितको राफल ड्र पनि गरिने समाजले जनाएको छ ।
नेपाली कला संस्कृति, परम्परा, धर्म र नेपालीपन झल्काउने उद्देश्यका साथ शुरु गरिएको मेलामा मिडल्याण्डका १० भन्दा बढी संस्थाहरुको सहकार्य रहने पनि अध्यक्ष अधिकारीले बताए । उनले सहभागिताका लागि सबैमा अपिल पनि गरे ।

मध्यान्ह १२ बजेदेखि शुरु हुने उक्त मेलामा स्थानीय सांसद एलेक्स नोरिस, नेपाली राजदूतासका कार्यवाहक राजदूत विपिन दुवाडी लगायत झण्डै ५ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष रणबहादुर केसीले मिडल्याण्ड क्षेत्रमा विभिन्न उद्देश्यले आएका आम नागरिकको बसोवास बढ्दै गएको परिप्रेक्ष्यमा मिनी नेपालको झल्को दिने गरि मेला शुरु भएको बताउंदै आउन सबैमा अनुरोध गरे ।
मेलामा चौंथो वर्षमा लाग्दा थप परिष्कृत गर्ने सोच रहेको बताउंदै केसीले मेला निशुल्क तर कार पार्किङ शुल्क ५ पाउण्ड तोकिएको बताए । मेला गर्न करिब २० हजार पाउण्ड खर्च लाग्ने अनुमान गरिएको जनाउंदै केसीले ‘एक दिनका लागि मिडल्याण्ड जाऔं’ भन्ने अभियान चलाएर मेलामा आउन अपिल गरे ।
विदेशमा भएपनि नेपालीपन नभुल्न र दोश्रो पुस्तालाई जोड्न मेला गरिएको उनको भनाइ थियो ।
पूर्व अध्यक्ष विष्णु चालिसेले मिडल्याण्ड मेला बेलायतमा रहेका नेपालीलाई एकताको सूत्रमा बांध्न निस्वार्थ रुपमा गर्न लागिएको बताए । चालिसेले मेला सफल बनाउन आर्थिक, नैतिक र भौतिक सहयोगका लागि अपिल समेत गरे ।
पूर्व अध्यक्ष गोविन्द खरेलले नेपाली भाषा, कला संस्कृति, परम्परा, नेपाली पन जीवन्त राख्दै बेलायतमा पनि नेपालीपन झल्काउन मेला गरिएको बताउंदै सहयोगका लागि अनुरोध गरे ।
पूर्व अध्यक्ष प्रवीण ओझा र सल्लाहकार शेखर कंडेलले मेला एउटा साझा चौतारी भएकाले सबै आएर यसलाई पर्वको रुपमा मनाउन अनुरोध गरे ।
पूर्व अध्यक्ष दीपक सापकोटाले मिनी नेपाल झल्काउने गरि भव्य र सभ्य रुपमा मेला गर्न लागिएको उल्लेख गर्दै मेलामा भलिबल, फुटबल समेत समावेश हुने भएकाले यसले खेलकुदमार्फत पुस्ता हस्तान्तरणमा पनि सहयोग पुग्ने धारणा राखे ।
कार्यक्रममा महासचिव डिलाराम गौतमले मेलाका लागि २० बढी स्टल बुकिङ भइसकेको जनाउंदै पोर्टेबल शौचालय, प्रहरी, एम्बुलेन्स, लगायत हेल्थ एण्ड सेफ्टी प्रवन्ध भइसकेको बताए ।
मेलाको एक प्रमुख सहयोगी संस्था साझा नेपाली समाज यूकेका अध्यक्ष नारायण फुयांलले आफ्नो संस्थाले मेलामा आर्थिक, भौतिक, नैतिक साथ र सरसल्लाह दिने बताउंदै अन्य संघसंस्थालाई पनि पूर्ण रुपमा सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा साझा नेपाली समाजका महासचिव शशांक शर्माले आफ्नो समाजले मेला भव्य, सभ्य बनाउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा साझा नेपाली समाजका सचिव गोविन्द सापकोटा र स्टल संयोजक मिलन सापकोटाले पनि सहयोग र सहभागिताका लागि सबैमा अपिल गरे ।
मेला सफल बनाउन साझा नेपाली समाज यूके, सृजनशील लेस्टर नेपाल यूके, हाम्रो नेपाली समाज उल्भरह्याम्पटन यूके, पिटरबरो नेपाली समाज यूके, शान्ति नेपाली समाज यूके, कोभेन्ट्री नेपाली समाज यूके, ग्रान्थाम नेपाली समाज यूके, यार्डली नेपाली समाज बर्मिङहम यूके, गोर्खा नेपाली समाज ननिटन यूके, डर्बी नेपाली समाज यूके, बीजीइएसएन समाज यूके जस्ता संस्थाहरुको सहकार्य छ ।
मेलाको टाइटल स्पोन्सर द चेरिउड स्मोक्ड हाउस नटिङहम र प्लाटिनम स्पोन्सर गोर्खा किचन नटिङ्घम छन् ।
यसैबीच, नेपालीलिंकसंगको संवादमा मिडल्याण्डका एनआरएनए अभियन्ता एवं साझा नेपाली समाज यूकेका ट्रष्टी दयानिधि सापकोटा र अर्का व्यवसायी सुरेश केसीले मेलालाई शुभकामना दिंदै पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।









सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


