लन्डन आइपुगे लोकप्रिय गायक प्रकाश दूतराज


लन्डन– लोकप्रिय गायक प्रकाश दूतराज लन्डन आइपुगेका छन्।
सयपत्री नेपाली सांस्कृतिक समूह यूकेको आयोजनामा यही २० जुन शनिबार अल्डरसट एम्पायर हलमा हुन लागेको ‘सयपत्री साँझ २०२६’ मा प्रस्तुति दिन उनी बुधबार बेलुका लन्डन आइपुगेका हुन्।
गायक दूतराज लन्डन हिथ्रो विमानस्थल उत्रिंदा सयपत्री ग्रुपका अध्यक्ष दिपक शाहीसहित उपाध्यक्ष डा दिपक जिसी, महासचिव गौरव क्षेत्री, संस्थापक अध्यक्ष एलबी गुरुङ, संस्थापक सदस्य कविता गुरुङ, सदस्य सुरंगना शाही लगायत कार्यसमिति पदाधिकारीहरुले स्वागत गरेका थिए।
बेलायतमा नेपाली कला, संस्कृति र सामाजिक एकता प्रवर्द्धनमा दुई दशकदेखि निरन्तर सक्रिय सयपत्रीले आफ्नो स्थापनाको २० औँ वार्षिकोत्सव विशेष सांस्कृतिक कार्यक्रमसहित मनाउने तयारी गरेको छ।
उक्त कार्यक्रममा नेपालका चर्चित गायक तथा गीतकार प्रकाश दूतराज, लोक गायिका सम्झना भण्डारी, लोक तथा कौडा गीत गायक दुर्गा गुरुङले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने कार्यक्रम छ।
कार्यक्रममा नेपालीपन झल्काउने सांस्कृतिक झाँकी, नृत्य तथा विशेष सम्मान पनि हुने आयोजक सयपत्रीले जनाएको छ।
सयपत्री ग्रुपका अध्यक्ष दिपक शाहीले कार्यक्रममा सहभागिताका लागि सबैलाई निमन्त्रणा गरेका छन्।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


