बिहीबार, ११ जुन, २०२६
18:14 | २२:५९

आशफोर्डमा २० जुनमा ‘हेल्थ एण्ड वेल बिइङ डे’

नेपाली लिङ्क जुन ११, २०२६

लन्डन – आउँदो २० जुन (शनिबार) आशफोर्डको जुली रोज स्टेडियममा ‘हेल्थ एण्ड वेल बिइङ डे’ आयोजना गर्न लागिएको छ।

सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी तथा नेप्लिज डक्टर्स एसोसियशन युकेद्वारा आयोजना गर्न लागिएको उक्त कार्यक्रमलाई हाम्रो रन क्लब, सन्डे रन क्लब, गोर्खा पीस फाउन्डेशन लगायतका संस्थाहरुले सहयोग गरिरहेका छन्।

कार्यक्रममा बेसिक हेल्थ चेक, वेलबिइङ सम्बन्धी परामर्श, फिटनेस गतिविधि, फ्यामिली डे आउट, पिकनिक, सांस्कृतिक कार्यशाला, नेपाली खाना र विभिन्न खेलकुद पनि आयोजना गरिने आयोजकले जनाए ।

सबै पृष्ठभूमिका स्थानीय समुदायलाई संगै ल्याएर आपसी सद्भाव, सम्मन र समावेशितालाई बढावा दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको

सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीका वरिष्ठ उपाध्यक्ष चिरन राईले बताए। उनले उत्साहसाथ सपरिवार उक्त कार्यक्रममा सहभागी हुन सबैलाई अपिल पनि गरे।

कार्यक्रममा प्रवेश शुल्क १५ पौण्ड राखिएको छ तर इच्छुकले त्यो भन्दा बढी पनि ‘डोनेट’ गर्न सक्ने छन् ।

कार्यक्रमको खर्च कटाएर बाँकी बचेको रकम नेप्लिज डक्टर्स एसोसियशन युकेलाई प्रदान गरिने वरिष्ठ उपाध्यक्ष चिरन राईले जनाए।

ए-स्टार मोर्गेजेज लगायतका कम्पनीले उक्त कार्यक्रमको प्रायोजन गरेका छन्।

“गत जुन ७ मा आशफोर्डमै भव्य रुपमा सम्पन्न ‘गोर्खा वाक’ लगत्तै हुन लागेको यो कार्यक्रमले स्थानीय समुदायलाई स्वास्थ्य र तन्दुरुस्तीबारे थप सजग बनाउने हामीले विश्वास लिएका छौं,” आशफोर्डमै बसोबास गर्ने ए-स्टार मोर्गेजेजका मोर्गेज एण्ड प्रोटेक्शन एडभाइजर रमेश सराङकोटीले भने।

सन् २००४ मा स्थापना गरिएको सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले हरेक वर्ष सगरमाथा फुटबल टुर्नामेन्ट लगायत विभिन्न सामुदायिक गतिविधि आयोजना गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू