शुक्रबार, ५ जुन, २०२६
09:52 | १४:३७

लण्डनमा दोस्रो टी–१० प्रतियोगिता गर्ने माया क्रिकेट क्लबको घोषणा

विजेतालाई अहिलेसम्मकै आकर्षक पुरस्कार

नेपाली लिङ्क जुन ५, २०२६

लन्डन । माया क्रिकेट क्लबले आफ्नो दोस्रो संस्करणको टी–१० क्रिकेट प्रतियोगिता आगामी २ अगस्ट २०२६ मा आयोजना गर्ने भएको छ।

माया क्रिकेट क्लबका संचालक राज पाण्डेले सो जानकारी दिएका हुन्।

प्रतियोगिता वेकम्ब हाउस क्रिकेट क्लबमा सञ्चालन हुनेछ। उक्त प्रतियोगितामा बेलायतभरबाट १२ टोली सहभागी हुने आयोजकले जनाएको छ।

पाण्डेका अनुसार यस वर्षको प्रतियोगिता अझै भव्य बनाउने तयारी भएको छ। विजेता टोलीलाई ३ हजार पाउण्ड नगद पुरस्कार प्रदान गरिनेछ, जुन नेपाली समुदायमा आयोजित टी–१० प्रतियोगितामध्ये सबैभन्दा आकर्षक पुरस्कार राशि मानिन्छ।

माया क्रिकेट क्लबका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य खेलमार्फत नेपाली समुदायबीच आपसी सम्बन्ध विस्तार, खेलाडीलाई प्रोत्साहन र खेलकुद संस्कृतिको विकास गर्नु हो।

प्रतियोगिताबारे थप जानकारी र दर्ता प्रक्रिया विवरण चाँडै सार्वजनिक गरिने क्लबले जानकारी दिएको छ।

आयोजक राज पाण्डे आफैं खेलाडी हुन्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू