बिहीबार, २८ मे, २०२६
16:44 | २१:२९

लन्डनस्थित नेपाली दूतावासमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

जीवन विज्ञान युकेका प्रशिक्षकहरूले ध्यान तथा योग अभ्यास गराउने

नेपाली लिङ्क मे २८, २०२६
लन्डन । अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसर पारेर लन्डनस्थित नेपाली राजदूतावासमा विशेष ध्यान तथा योग शिविरको आयोजना हुँदैछ। नेपाली राजदूतावास, लन्डन र जीवन विज्ञान यूकेको संयुक्त आयोजनामा यही जुन २१, २०२६ आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म दूतावास परिसरमा उक्त कार्यक्रम सञ्चालन हुनेछ।
मानिसको शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यसँग जोडिएको प्राचीन अभ्यास योगले व्यस्त जीवनशैली, तनाव र असन्तुलित दिनचर्याका बीच शरीरलाई स्वस्थ, मनलाई शान्त र जीवनलाई अनुशासित बनाउन मद्दत गर्ने भएकाले दूतावासले योग सम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा जीवन विज्ञान यूकेका अनुभवी प्रशिक्षकहरूले योग अभ्यास गराउने जानकारी दूतावासले दिएको छ। कार्यक्रमले बेलायतमा रहेका नेपाली समुदाय तथा योगप्रेमीहरूलाई स्वस्थ, सचेत र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ। इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुनुअघि अनिवार्य रूपमा नाम दर्ता गर्न दूतावासले अनुरोध गरेको छ।
कार्यक्रम लन्डनस्थित नेपाली राजदूतावासको परिसरमा हुनेछ, र दर्ताका लागि अनलाइन फारम उपलब्ध गराइएको छ। नाम दर्ताका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू