बेलायत-नेपाल गोर्खा वार्ता परिणाममुखी बनाउन गेसोको आग्रह


लन्डन– भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको २१० वर्षदेखिको समस्या टुंग्याउन नेपाल र बेलायत सरकारबीच हुन लागेको मन्त्रिस्तरीय वार्ता प्रभावकारी र नतिजामूलक बनाउन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारसँग आग्रह गरेको छ ।
गेसो सभापति कृष्णकुमार राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरि गोर्खाहरूका माग र समस्या तत्काल सम्बोधन गर्न दुवै देशबीचको वार्तामा नेपालले सक्रिय र स्पष्ट भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।
भेटपछि गेसोले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दुई सय वर्षभन्दा लामो समयदेखि बेलायतले विशेष सम्बन्ध र मित्रताको नाममा गोर्खाहरूप्रति विभेदपूर्ण व्यवहार गर्दै आएको छ । सन् २०४७ देखि निरन्तर न्यायिक संघर्ष गर्दै आएका यी सैनिकहरूको मुद्दा केवल व्यक्तिगत वा समूहगत मात्र नभई नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाभिमान र पहिचानसँग जोडिएको विषय हो ।’
गेसोले परराष्ट्रमन्त्री खनाललाई गोर्खाहरूको पक्षमा दृढतापूर्वक प्रस्तुत हुन र वार्तामा ठोस उपलब्धि हासिल गर्न आवश्यक पहल गर्न विशेष ध्यानाकर्षण गराएको थियो । जवाफमा मन्त्री खनालले आगामी वार्तालाई निष्कर्षमुखी बनाउन सरकारले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको गेसोले जनाएको छ ।
आउंदो ८ जुनमा बेलायती रक्षामन्त्रीको प्रत्यक्ष उपस्थिति र नेपालका परराष्ट्रमन्त्री खनालको भर्चुअल रुपमा सहभागितासहित बेलायत नेपाल सरकार र गोर्खा प्रतिनिधिबीच लन्डनमा त्रिपक्षीय वार्ता तय भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


