सोमबार, २५ मे, २०२६
19:04 | २३:४९

अनेसास सुप्रमा-ईप्रमा पुरस्कारका लागि पुस्तक आव्हान

नेपाली लिङ्क मे २५, २०२६


लन्डन- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले शाखाबाट प्रदान हुने ‘अनेसास सुप्रमा -ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार – २०२६’ का लागि मे २०२५ देखि अप्रिल २०२६ सम्ममा प्रकाशित नेपाली साहित्यका पुस्तकहरुको आव्हान गरेको छ।

सन् २०१२ मा बेलायती-नेपाली डायस्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरले आफ्ना पिता स्व सुन्दर प्रसाद मानन्धरको सम्मानमा स्थापित उक्त पुरस्कार सन् २०१४ बाट बेलायतमा रहेर कुनै पनि विधामा प्रकाशन गरिएका मध्यबाट उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्दै आएको थियो।

सन् २०२५ बाट भने उक्त पुरस्कार संसारभरबाट प्रकाशित भई प्राप्त हुन आएका मध्यबाट सर्वोत्कृष्ट एक पुस्तकलाई पुरस्कृत गर्न शुरु भएको छ।

सन् २०२५ मा नेपालबाट प्राप्त हुन आएको डा श्रीधर खनालका उपन्यास ‘सावर्णि’लाई पुरस्कृत गरिएको थियो।

पुरस्कारमा प्रमाणपत्र तथा नगद £ ५०१ छ। सो पुरस्कार ईश्वर प्रसाद मानन्धर जयन्तीका अवसरमा प्रदान गरिने पुरस्कार संयोजक तथा संस्थाका सल्लाहकार डा रुपक श्रेष्ठले बताए।

पुस्तक आईपुग्नु पर्ने अन्तिम मिति: असार ५ गते २०८३ तदनुसार जून 19 तारिख २०२६ सम्म रहनेछ।

पुस्तक पठाउने ठेगाना निम्नानुसार छन् :

बेलायत
Raj Shrestha, 57 Crossmead Avenue, Greenford, London, UB6 9TZ

नेपाल
विश्वविमोहन श्रेष्ठ, एपेक नेपाल, संरचना मार्ग, कलंकी, काठमाण्डु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू