गोर्खा अभियन्ता ज्ञानराज राईले मन्त्रीकै अगाडि गरे आमरण अनसन बस्ने घोषणा


लन्डन । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक अभियन्ता ज्ञानराज राई नेपाल पुगेर आफ्नो अधिकारका लागि दबाब बढाउन सक्रिय छन् ।
गत साता नेपाल पुगेका गोर्खा अभियन्ता राईले परराष्ट्रमन्त्रीसहित विभिन्न समिति नेतृत्व गरिरहेका सांसदहरुसंग भेटेर भूतपूर्व गोर्खाका माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेका छन् । ति भेटमा राईले नेपाल सरकारले अब पनि वेवास्ता गरे आफू तेश्रो पटक आमरण अनसन बस्न समेत तयार रहेको चेतावनी दिएका छन् ।
परराष्ट्र मन्त्री शिशिर खनालसंग मंगलबार गोर्खा समस्या र समाधानबारे करिब एकघण्टा ३० मिनेट छलफल भएको जानकारी दिंदै राईले अब पनि नेपाल सरकारले ढाटेर वा समस्या समाधान नगरे स्वस्थ्य नभएपनि फेरि आमरण अनसन बस्ने चेतावनी दिएका थिए । ‘मन्त्रीसंगको भेटमा अनसन बस्ने घोषणा गरेको छु । बांच्न त मन छ तर नेपाल सरकारको हातमा छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
राई सम्मिलित प्रतिनिधिमण्डलले गत १७ तारिखका दिन रास्वपा संसदीय दलका उपनेता सांसद गणेश पराजुलीसंग पनि भेटेर गोर्खालीका समान हक र पेन्सन लगायत वंशजको नागरिकता निरन्तरता विषयमा गहन कुराकानी भएको उनले जनाए ।’माननीयज्यू हाम्रा माग सम्बन्धमा जानकार र सांच्चिनै चिन्तित भएको पायौं । उहांले हाम्रै अगाडि सम्बन्धित सरोकारवालाहरुसंग फोन गरेर अनुरोध गर्नुभयो’, राईले सुनाए ।
उता, संसदमा न्याय, कानुन तथा मानवाधिकार समितिकी सभापति समिक्षा बास्कोटाले गोर्खा समस्या समाधान गर्न बोलेको भन्दै राईले आभार समेत व्यक्त गरेका छन् ।
‘हामी नेपाल सरकारमार्फत गोर्खा वार्ता तार्किक निष्कर्षमा पुरयाउन बेलायतमाथि दबाब तीव्र पार्नेछौं’, उनले भने ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


