आइतबार, १७ मे, २०२६
11:14 | १५:५९

डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन

नेपाली लिङ्क मे १७, २०२६


लण्डन – पोखरा, हेम्जा गुम्बाका धर्म गुरु हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेले बीसीसी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अल्डरसटस्थित गुम्बामा प्रवचन दिएका छन् ।

उनले १६ मे शनिबार कम्ग्युर पाठ र शरणगमनबारे धार्मिक प्रवचन दिएका हुन् ।

सोही दिन बिहान बीसीसी युकेका प्रमुख गुरु खेन्पो छिरिङ्गलगायत गुरुहरुले घेतुम्बा पाठका साथसाथै घनचक्रको पूजा गरेका थिए ।

उक्त पाठलाई सेचेन गुम्बा बौद्धका श्रद्धेय खेन्पो गुरु संघय, बीसीसी युकेका खेन्पो यन्तेन, बीसीसी युके लण्डन शाखाका धर्मगुरु खेन्पो केल्साङ्ग र खेन्पो थुप्तेन, त्यस्तै, खेन्पो पाल्देन, लामाहरु अखिल, दिनेश, कर्म, सोनाम र सानो लामाले संयुक्त रुपमा वाचन गरेका थिए ।

सो अवसरमा बीसीसी युकेको तर्फबाट उपाध्यक्ष क्याप्टेन देब घले, उपाध्यक्ष मेजर हितमान गुरुङलगायतका पदाधिकारी तथा सदस्यहरु र बीसीसी युके आमाहरुकोतर्फबाट आमा प्रमुख शारदा गुरुङलगायत आमाहरुले मण्डल अर्पण गरेका थिए ।


बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा महासचिव मेजर कुमार गुरुङ एमभिओले हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेको छोटो परिचय दिएका थिए ।

त्यस्तै, बीसीसी युकेका उपाध्यक्ष मेजर हितमान गुरुङले स्वागत मन्तब्य र उपाध्यक्ष क्याप्टेन देब घलेले कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा भोजन दान गरेका भक्तजनहरुलाई बिशेष धन्यवाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बीईएम, धर्म तामाङ्ग, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुखहरु पुष्पा गुरुङ, उर्मिला गुरुङ र जगना गुरुङलगायतको उपस्थिति थियो ।

बीसीसी युकेका पूर्व आमा प्रमुख उर्मिला गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई महासचिव मेजर कुमार गुरुङ एमभिओले संचालन गरेका थिए ।

-पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू