दोस्रोपटक काउन्सिलर निर्वाचित भए जीव बेल्वासे


लन्डन– अल्डरसटको रश्मोर बरोअन्तर्गत म्यानर पार्क वार्डमा जीव नारायण बेल्वासे विजयी भएका छन्।
कञ्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे दोस्रोपटक काउन्सिलर निर्वाचित भएका हुन् ।
गएको झन्डै २५ वर्ष देखि सामुदायिक सेवामा संलग्न बेल्वासेले स्थानीय प्रहरी, रश्मोर बरो काउन्सिल, सिटिजन्स एडभाइस ब्युरो, रश्मोर भोलन्टियर सर्भिसेज, रश्मोर फायर एण्ड रेस्क्यू सर्भिसेज, प्राइमरी केयर नेटवर्क लगायत संस्थामा सेवा गरेका थिए ।
ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष भइसकेका बेल्वासेले एनआरएनए यूकेमा पनि काम गरिसकेका छन्। रश्मोर भोलन्टियर सर्भिसेज तथा ह्याम्पशायर शेरिफ अवार्डबाट सम्मानित बेल्वासे बीबीसी कम्युनिटी हिरो अवार्डका लागि संक्षिप्त सूची (सर्ट लिस्ट) मा पनि परेका थिए ।
यस पटक रिफर्म यूकेको पक्षमा लहर नै चलेको देखिए पनि स्थानीय मतदाताहरुले बेल्वासेलाई उनको कामलाई हेरेर मत दिने वाचा गरेका थिए ।
आफ्नो दोश्रो कार्यकालमा भूतपूर्व गोर्खा लगायत स्थानीय समुदायको हितमा थप सक्रियताका साथ काम गर्ने बेल्वासेले बताए ।
रश्मोर बरोकै वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तरबहादुर गुरुङ काउन्सिलर निर्वाचित भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


