शुक्रबार, ८ मे, २०२६
16:05 | २०:५०

ज्येष्ठ नागरिकहरुको अवस्थाबारे वेबिनार गर्दै एनआरएनए यूके

नेपाली लिङ्क मे ८, २०२६

लन्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूकेले नेपालमा ज्येष्ठ नागरिकहरुको अवस्थाबारे एक वेबिनार आयोजना गर्न लागेको छ।

नेपालमा ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संस्था पुस्तान्तरण नेपालसंगको सहकार्यमा आगामी १६ मे २०२६ (शनिबार) “नेपालमा सम्मानित बुढ्यौली सिर्जनामा रहेका चुनौती, अवसर र डायस्पोराको भूमिका” विषयक वेबिनार आयोजना गर्न लागिएको हो ।

एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनए यूके नेपालमा सम्मानित बुढ्यौली प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउँदै यसका लागि डायस्पोराको भूमिकाबारे छलफल गर्न उक्त वेबिनारको आयोजना गर्न लागिएको बताए।

उनले वेबिनारमा सहभागी हुन सबैलाई आग्रह पनि गरे।

पुस्तान्तरण नेपालका अध्यक्ष प्रतिवेदन वैद्यले देशको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिक रहेको र जनसङ्ख्याको घट्दो क्रममा जाँदा आगामी दिनमा बुढ्यौली व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए ।

उनले ज्येष्ठ नागरिकहरुसंग रहेको श्रोत, सीप र अनुभव नेपालको उन्नति र समृद्धिमा उपयोग गर्न डायस्पोराले पनि चासो देखाउनु निकै उत्साहजनक रहेको जनाए।

पत्रकार भगीरथ योगीले सहजीकरण गर्ने उक्त वेबिनारमा ज्येष्ठ नागरिकसम्बन्धी चिकित्सक डा बिन्दु पाण्डे, वेलनेस कोच शारदा ज्ञवाली,
पुस्तान्तरण नेपालका अध्यक्ष प्रतिवेदन वैद्य तथा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीको प्रस्तुति रहनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू