सोमबार, ४ मे, २०२६
11:57 | १६:४२

च्यारिटीका लागि लन्डनमा दौडिए ४० बढी नेपाली महिला

नेपाली लिङ्क मे ४, २०२६

लन्डन– बर्न्टओक नेप्लिज कम्युनिटी आमा समूहले च्यारिटी ५ किलोमिटर रन उत्साहपूर्ण रुपमा सम्पन्न गरेको छ ।

स्थानीय मन्टरोज प्लेइङ्ग फिल्डमा आइतबार बिहान ९ बजे भएको च्यारिटी रनमा ४० बढी महिला सहभागीको जोसिलो उपस्थिति रह्यो। उक्त परोपकारी दौडमार्फत करिब १५०० पाउण्ड संकलन भएको छ ।

दौड सुरु हुनु अघि बर्न्टओक नेप्लिज कम्युनिटीका अध्यक्ष खमिर जंग गुरुङले सबै सहभागीहरूलाई दौड क्षेत्र र सुरक्षाबारे ब्रिफिङ्ग गरेका थिए । अध्यक्षकै काउन्टडाउनमा शुरु भएको दौडमा सिरु खड्काले २७ मिनेट ३६ सेकेन्डमा पहिलो, शिखा थापाले २७ मिनेट ५८ सेकेन्डमा दोस्रो र अनिता कार्कीले २८ मिनेट १० सेकेन्डमा तेस्रो स्थान हासिल गरे ।
कार्यक्रममा स्थानीय काउन्सिलरहरु कमल गुरुङ, लक्ष्य गुरुङ, सारा कन्वे र सार्लोट डाउस पनि उपस्थित थिए ।

दौडपछि बर्न्टओक नेप्लिज कम्युनिटीका अध्यक्ष खमिर जंग गुरुङले समाजको हरेक कार्यमा सम्पूर्ण सदस्यहरुको साथ, सहयोग र माया प्राप्त हुनु एउटा सौभाग्यको कुरा हो भन्दै सबै सहभागीलाई धन्यवाद दिए । अध्यक्ष गुरुङले उठेको रकम वाटलिङ कम्युनिटीमा ‘ओपन डे’ कार्यक्रम सञ्चालन गर्न स्थानीय च्यारिटीलाई हस्तान्तरण गरिने पनि जनाए ।

उनले आमा समूहलाई विशेष धन्यवाद दिंदै दान संकलन कार्य जारी रहेकाले अन्य इच्छुक व्यक्तिले अझै पनि सहयोग गर्न सक्ने बताए ।

काउन्सिलर सारा कन्वेले बर्न्टओक नेप्लिज कम्युनिटी साँच्चिकै अद्भूत भएको बताइन् । ‘कम्युनिटी सेन्टरमा भइरहेको ‘वण्डरफुल वेडनसडे’ लगायत तपाईंहरूले समुदायका लागि गर्दै आउनुभएको कार्य प्रेरणादायी छ,’ उनले भनिन्  । त्यस्तै काउन्सिलर सार्लोट डाउसले बर्न्टओक नेप्लिज कम्युनिटी बर्न्टओकको मुटुमा रहेको बताउंदै बिहान सबेरै पार्कमा आएर दौडने उत्साह देख्दा सधैँ खुशी लागेको भन्दै सबैलाई धन्यबाद दिइन् ।

महासचिव हेलिशा गुरुङले आमा समूहलाई विशेषतः ज्येष्ठ आमाहरूको सक्रिय सहभागिताप्रति आभार प्रकट गर्दै च्यारिटी रन सुरु गर्ने पहल लिएकोमा आमा समूहकी अध्यक्ष श्रीमती मन्जु गुरुङको भूमिकाको प्रशंसा गरिन्।

कार्यक्रममा सहभागी तथा स्वयंसेवकहरूका लागि पानी, चिया, कफी र स्न्याक प्याकको पनि व्यवस्था गरिएको थियो । समाजका सदस्य सरल क्षेत्रीले दौडमा सहभागी धावकहरुको रात्री भोजनका लागि नगद सहयोग प्रदान गरेका थिए ।

उक्त च्यारिटी रनमा कमला गुरुङ, मन्जु गुरुङ, अनिता कार्की, इन्दिरा मोक्तान, शैलजा श्रेष्ठ, प्रतिमा गौतम, हेलिशा गुरुङ, शिखा थापा, निशा के.सी., सिरु खड्का, कमला देवी गुरुङ, दुर्गा गुरुङ, झुमा राना, अनुषा गुरुङ, निर्मला गुरुङ, प्रिती माया घले, सपना खनियाँ, मीनु शाह, ममता महर्जन, उमा भट्ट, ज्योत्सना गुरुङ, कमला गुरुङ, सुखु माया गुरुङ, ज्ञानु माया गुरुङ, तीर्थ कुमारी गुरुङ, इन्द्र कुमारी गुरुङ, चीज माया गुरुङ, बिना राना मगर, डिनो सीताह, अर्चना पन्त, अनुषा कार्की पन्त, माला गुरुङ, ऋचा ज्ञवाली, शिवा देवी गुरुङ, चम्पा पनेरु, ज्योति गुरुङ, पानु माया गुरुङ, पवित्रा लिम्बू, कृष्ण खनाल, लिला गुरुङ, ललिता गुरुङ (जुनियर), कृष्ण कुमारी गुरुङ र बिनु गुरुङलाई समाजका अध्यक्ष गुरुङले विशेष धन्यवाद दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू