बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लण्डन


लण्डन । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय खेन्पो गुरु संगय फुन्टशोक शेर्पा लण्डन आइपुगेका छन् ।
उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको निमाण्त्रणमा लण्डन आएका हुन् । उनी संगै लामा सोनाम लाङ्गफो समेत आएका छन् ।
बीसीसी युकेले आउँदो शुक्रबार १ मे का दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको २५७० औं बुद्ध जयन्तीको अवसरमा लण्डन आएका हुन् । श्रद्धेय खेन्पो फुन्टुशोक शेर्पाले अमितायुस लङ्ग लाईफ इम्वापरमेन्टको बिशेषता र महत्वबारे प्रवचन दिनुका साथसाथै आयुको अभिषेक (वाङ्ग) प्रदान गर्ने छन् ।
उनको स्वागतार्थ बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख शारदा गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण गुरुङ, खेन्पो छिरिङ्ग, उपाध्यक्ष एवं बुद्ध जयन्ती समारोहका संयोजक रोबिन गुरुङ हिथ्रो एयरपोर्ट गएका थिए ।
उक्त बुद्ध जयन्ती सफलतापूर्वक सम्पन्न गर्न बीसीसी युकेको सिंगो कार्यसमिति, आमाहरु र सल्लाहकारहरु तयारीमा जुटिरहेको आमा प्रमुख शारदा गुरुङल जानकारी गराउँदै उक्त कार्यक्रममा सहभागी भैदिन सम्पूर्ण बेलायतवासी नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा अनुरोध गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


