शनिबार, २५ अप्रिल, २०२६
21:16 | ०२:०१

गुल्मी जिल्ला समाज यूकेमा पहिलोपटक महिला नेतृत्व, मञ्जु बनिन् निर्विरोध अध्यक्ष

नेपाली लिङ्क अप्रिल २५, २०२६

लन्डन– गुल्मी जिल्ला समाज यूकेले पहिलोपटक महिला अध्यक्ष पाएको छ । अध्यक्ष पदका दावेदार दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि मन्जु भण्डारी निर्विरोध अध्यक्ष बनेकी हुन् ।

नवौं कार्यसमितिको अध्यक्ष पदमा यसअघि मुकुन्द खराल र क्या. ताम ढेगाले समेत उम्मेदवारी दर्ता गराएका थिए ।

संस्था स्थापनाको प्रारम्भदेखि नै विभिन्न भूमिकामा सक्रिय मञ्जुले यसअघि कार्यसमिति सदस्य, सांस्कृतिक सचिव, प्रवक्ता, सचिव हुंदै दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् । अघिल्लो अधिवेशनमा पनि अध्यक्षकी उम्मेदवार रहेकी उनले सहमतिका लागि पछि हट्दै उपाध्यक्षमा दोहोरयाएकी थिइन् ।

निर्वाचन कमिस्नर मीन दर्लामीका अनुसार, २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ जसअनुसार उपाध्यक्षद्वयमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे, महासचिव महलाल घिमिरे, सचिव राधा खरेल, कोषाध्यक्ष अर्जुन बस्नेत र सह-कोषाध्यक्षमा माया केसी निर्विरोध भए ।

कार्यसमितिको सांस्कृतिक सचिवमा दीपक थापा मैथाने र प्रवक्ता सुरेश केसी चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा मेजर बुद्धि भण्डारी, सूर्यविक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पूण्यहरि अर्याल, हिरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम र गीता काफ्ले निर्विरोध निर्वाचित भएका छन्।

निर्विरोध निर्वाचित कार्यसमितिको औपचारिक घोषणा अर्को साता हुने अधिवेशनमा गरिनेछ। समाजको अधिवेशन आगामी मे ३ मा तय भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू