इलिगल इमिग्रेसन रोक्न बेलायत र फ्रान्सबीच सम्झौता


लन्डन- बेलायत र फ्रान्सबीच इलिगल इमिग्रेसन रोक्न नयाँ समझदारी भएको छ । सम्झौताअनुसार इंग्लिश च्यानल हुँदै हुने साना डुङ्गाबाट हुने इमिग्रेसन नियन्त्रण गर्नका लागि बेलायतले फ्रान्सलाई ठूलो रकम सहयोग गर्नेछ ।
नयाँ योजना तीन वर्षका लागि हुनेछ, जसमा फ्रान्सले सुरक्षा, निगरानी र गुप्तचर गतिविधि बढाउनेछ । मानव तस्कर समूह र अवैध रूपमा पार गर्न खोज्ने मानिसहरूलाई रोक्न थप सुरक्षाकर्मी परिचालन गरिनेछ । सम्झौता अनुसार फ्रान्सले सन् २०२९ सम्ममा त्यस्तो सुरक्षाकर्मीको संख्या १४०० पुर्याउनेछ।
योजना अन्तर्गत बेलायतले पहिलोपटक फ्रान्सको ‘रायट स्क्वाड’ अर्थात् भीड नियन्त्रण गर्ने विशेष प्रहरी टोलीलाई समेत आर्थिक सहयोग गर्नेछ । यो टोलीलाई भीड नियन्त्रणका लागि तालिम दिइनेछ र आवश्यक उपकरणसमेत उपलब्ध गराइनेछ ।
यसका साथै, साना डुङ्गाबाट हुने खतरनाक यात्रा रोक्ने उद्देश्यका साथ समुद्री सुरक्षा बढाउन थप अधिकारी, हेलिकप्टर र निगरानी प्रणाली पनि प्रयोग गरिने सम्झौतामा उल्लेख छ ।
तर, यो कदमको आलोचना पनि भइरहेको छ । मानवअधिकार समूहहरूले यस्तो कडा सुरक्षा उपायले शरणार्थीहरूलाई अझ जोखिममा पार्ने चेतावनी दिएका छन् । समस्या समाधान गर्न केवल सुरक्षा कडाइ गरेर मात्र नहुने उनीहरूको दाबी छ ।
ब्रिटिश सरकारले भने यो सम्झौताले इलिगल इमिग्रेसन घटाउने र मानव तस्करी नियन्त्रण गर्ने विश्वास व्यक्त गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


