आइतबार, १९ अप्रिल, २०२६
22:53 | ०३:३८

लन्डनमा देउडा गीत र साहित्यिक माहोलमा नयां वर्ष

नेपाली लिङ्क अप्रिल १९, २०२६

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके र सुन्दर सदूरपश्चिम नेपाली समाज यूकेले संयुक्त रुपमा नेपाली नयां वर्ष २०८३ कार्यक्रम गरेका छन् ।

लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरांमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा नेपाली पहिचान जीवन्त राख्न नेपाली भाषा, साहित्य, संस्कृति जस्ता मूलभूत कुरा संरक्षण र संवर्धन गर्न आवश्यक रहेको र परिषदले यसमा निरन्तर गतिविधि गरेर अत्यन्त सराहनीय कार्य गरेको बताए ।

उनले सुन्दर सुदूर पश्चिम नेपाली समाज यूकेका नवनिर्वाचित पदाधिकारीहरुको सफल कार्यकालका लागि शुभकामना समेत दिए ।

समारोहमा दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले नयां वर्ष २०८३ को शुभकामना दिंदै परिषदका कार्यप्रति सराहना व्यक्त गरे ।

परिषद्का अध्यक्ष एवं कार्यक्रम सभापति वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद् यूकेले सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेसंग मिलेर नेपाली पहिचान बोकेको नयाँ वर्ष कार्यक्रम मनाइ आफ्नो गाउँ घर, चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेका बताए ।

त्यसैगरी सुदूर पश्चिम नेपाली समाज यूकेका पूर्व अध्यक्ष खेमराज जोशीले बेलायती भूमिमा नेपाली भाषा साहित्यलाई जोगाउँदै नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा परिषद् र सुदूर पश्चिम नेपाली समाज यूकेको योगदान अतुलनीय रहेको बताए ।

सुदूर पश्चिम नेपाली समाज यूकेका नव निर्वाचित अध्यक्ष पदम रावलले विदेशमा समाजले आफ्नो स्थापनाकालदेखि नै नेपाली गीत संगीत, संस्कृति र भाइचारा समृद्ध गर्नुका साथै परिआउँदा आर्थिक सहयोग गर्ने गरेको चर्चा गरे ।

स्वागत मन्तव्य राख्दै संस्थाका महासचिव योगेश महतले बेलायतमा नेपाली भाषा साहित्य, संस्कृतिको संरक्षण र संवर्धन गर्न परिषदले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको उल्लेख गरे ।

स्वागत सम्मान, कविता वाचन र देउडा गीत संगीत समेतको संयोजन रहेको उक्त नयाँ वर्ष उत्सव समारोहमा ध्रुव केसी, घनबहादुर थापा मगर, डा. सुधा श्रेष्ठ, मनोज अन्जान, वासु सापकोटा, वसन्त रायक्षेत्री, हरिसिंह थापा, सुष्मा भट्टराई, कोमल मल्ल लगायतले कविता वाचन गरेका थिए भने कल्पना जोशीले देउडा, रविद्र पाण्डेले नृत्य र योगेश महतले गीत गाएका थिए ।

यसअघि सुन्दर सुदूर पश्चिम नेपाली समाज यूके का नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा आजीवन सदस्यहरुलाई कार्यवाहक राजदूत विपिन दुवाडीले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा भान बहादुर चन्दले संस्थाको आर्थिक विवरण, महासचिव योगेश महतले प्रगति विवरण र श्याम चन्दले नयां कार्यसमिति घोषणा गरेका थिए ।

समाजको नवनिर्वाचित कार्यसमितिमा पदम रावल अध्यक्ष, उपाध्यक्ष श्रीमती सुनिता ढुंगाना र श्रीमती शैली चन्द राणा, महासचिव श्रीमती सुष्मा पौडेल, सचिव रविन्द्र पाण्डे, कोषाध्यक्ष सुजन्तजंग शाह छन् भने कार्यकारिणी सदस्यहरुमा विष्णु भट्ट, दीपा रावल कुंवर, आयुष चन्द, बबी बोहरा र कल्पना जोशी छन् ।

यसैगरी सल्लाहकारहरुमा डा. श्याम चन्द, कोमलप्रसाद श्रेष्ठ मल्ल, डा. जीव आचार्य, डा. खेम जोशी, सुरेन्द्र ढुंगाना, भानबहादुर चन्द, बासु जोशी, खेमराज जोशी, योगेश महत र विष्णु त्रिपाठी छन् ।

कार्यक्रमको जलपान र नयाँवर्षको हार्दिकता आदान प्रदान गरिएको थियो । अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले सहभागी सबै अतिथिमा धन्यवाद अर्पण गरे ।

कार्यक्रममा डा. जनककुमारी धिताल, वरिष्ट सहअध्यक्ष ध्रुव केसी, डा. सुधा श्रेष्ठ, मदन थापा, वसन्त राय क्षेत्री, मनोज अन्जान, कोहिनूर मल्ल, राजेन्द्र श्रेष्ठ, सीतु खरेल, प्रार्थना शाह, आरती श्रेष्ठ, आरएस श्रेष्ठ, श्याम चन्द, सुरेन्द्र ढुंगाना लगायतको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू