मंगलबार, ७ अप्रिल, २०२६
19:35 | ००:२०

राष्ट्रिय कलाकारसहित नवलपुर जिल्ला समाज यूकेको नयाँ वर्ष कार्यक्रम

नेपाली लिङ्क अप्रिल ७, २०२६

लन्डन- नवलपुर जिल्ला समाज यूकेले नेपाली नयाँ वर्ष २०८३ एक विशेष कार्यक्रमसहित मनाउने भएको छ। यही अप्रिल १९ तारिख आइतबार लन्डन वेलिङस्थित सेन्ट माइकल कम्युनिटी सेन्टरमा नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम तय छ।

कार्यक्रममा प्रमुख आकर्षणका रुपमा नेपालबाट आएकी राष्ट्रिय स्तरकी लोकदोहोरी गायिका रुपी सिञ्जाली मगरले प्रस्तुति गर्ने समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश कंडेलले जानकारी दिए । त्यसबाहेक, अन्य स्थानीय कलाकारहरुले पनि विभिन्न नृत्य, गीतसहितका प्रस्तुति गर्नेछन्।

नयाँ वर्ष शुभकामना कार्यक्रम मध्यान्ह १२ देखि साँझ ६ बजेसम्मको लागि तय छ। सोही दिन समाजको अधिवेशन आयोजना गरी नयाँ कार्यसमितिको चयन समेत गर्न लागिएको छ।

कार्यक्रममा सहभागिताको लागि समाजका सम्पूर्ण सदस्य, सल्लाहकार एवम् बेलायतवासी नवलपुरेहरुलाई अध्यक्ष मीना सापकोटाले आव्हान गरेकी छन्।

लोकदोहोरी गायिका रुपी सिञ्जाली मगरले प्रस्तुति गर्नेछिन्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू