मंगलबार, ७ अप्रिल, २०२६
19:51 | ००:३६

सांस्कृतिक साँझसहित श्रृजनशील लेष्टर नेपाल यूकेमा नेपाली नयाँ वर्षको स्वागत

नेपाली लिङ्क अप्रिल ७, २०२६

लन्डन- मिडल्यान्डको लेष्टरमा एक विशेष सांस्कृतिक साँझसहित नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गरिएको छ ।

श्रृजनशील लेष्टर नेपाल यूकेको आयोजनामा सोमबार क्रिकेटर रोडस्थित जंगल क्लबमा आयोजित कार्यक्रममा झण्डै दुई सय स्थानीय नेपालीहरु सहभागी भए ।

संस्थाका अध्यक्ष शिव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित दर्शकको चाहनाअनुसार मन्तव्य थोरै र मनोरञ्जनात्मक कार्यक्रम धेरै राखिएको थियो ।

सो अवसरमा पूर्व अध्यक्षहरुको तर्फबाट संस्थापक अध्यक्ष राजु कंडेल र युवाहरुको तर्फबाट सविता कंडेलले नयाँ वर्षको शुभकामना दिएका थिए । मन्तव्यहरु कटौतीका लागि अरु सबै अतिथिहरुको शुभकामना सन्देश प्रोजेक्टरमार्फत् प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शिव पराजुलीले संस्थाको तर्फबाट सबैलाई नयाँ वर्षको शुभकामना दिए । नयाँ वर्ष शुभकामना कार्यक्रमले नेपाली कला, भाषा, संस्कृति जगेर्ना र नयाँ पुस्तामाझ हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

संस्थामा सम्पूर्ण सदस्यको प्रतिनिधित्व र अपनत्व स्थापित गर्न आफू नेतृत्वको कार्यसमिति क्रियाशिल रहेको जानकारी गराउँदै अध्यक्ष पराजुलीले संस्था साझा रहेकाले स्वस्फूर्त रुपमा सहभागिताका लागि सबैलाई आग्रह गरे ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष दयानिधि सापकोटा, पूर्व अध्यक्ष पशुपति पोखरेल, पूर्व अध्यक्ष एवम् साझा नेपाली समाज यूके अध्यक्ष नारायण फुंयाल, निवर्तमान अध्यक्ष पुण्डरी अर्याललगायतको सहभागिता थियो । त्यस्तै, अतिथिका रुपमा नटिङहम नेपाली समाजका अध्यक्ष लोकनाथ अधिकारी र महासचिव दिलाराम गौतम, गल्कोट नेपाली समाज अध्यक्ष विष्णु चालिसे, कोभेन्ट्री नेपाली समाज अध्यक्ष सन्तोष रेग्मी र उपाध्यक्ष विनोद विकल, हाम्रो नेपाली समाज वुल्भरह्याम्पटनका महासचिव इश्वर रिजाल, शान्ति नेपाली समाज बेलायतका उपाध्यक्ष निशान्तमान बज्राचार्य, कोभेन्ट्री नेपाली लायन्स क्लब अध्यक्ष गोविन्द सापकोटा, कोषाध्यक्ष सुरज पन्त र हेमलाल सापकोटा, प्रयोजक टेडयूनेटका सुमित देव, नेपालबाट आएका आमाहरु कालिन्द्रा भण्डारी र नरमाया गैरे लगायतको पनि उपस्थिति थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरु अनिता थापाले कौडा नृत्य तथा अर्चना कार्की, मानवी खत्री, आर्जु दुलाल र प्रज्वल विष्टलगायतले आकर्षक नृत्यहरु प्रस्तुत गरे । काव्या उप्रेती र खुशी काफ्ले, मिसा भण्डारी र आहना गैरेसहितका बालबालिकाले पनि सुन्दर नृत्य देखाएका थिए । सो अवसरमा सुरज पन्तले पनि सुमधुर बाँसुरीवाधन प्रस्तुत गरेका थिए।

महासचिव वरुण भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष टिकाराम गौतमले दिएका थिए । अतिथिहरुलाई ब्याज वितरण सचिवद्धय माया खराल र कृष्ण कंडेलले गरेका थिए भने आर्थिक कोष व्यवस्थापन र टिकेटिङको जिम्मेवारी कोषाध्यक्ष हरिभक्त महर्जन र सहकोषाध्यक्ष रिता डोटेलले सम्हालेका थिए ।

कार्यक्रमको समग्र व्यवस्थापन तथा स्वयमसेवामा श्याम खत्री, जीवन पुडासैनी, जीवन पौडेल, गोमा घिमिरे, विमल सापकोटा, सुरेन रुपाखेती, अनिल गैरे, विष्णु निउरेलगायत सदस्यहरुले पनि सक्रियतापूर्वक भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहभागी, अतिथि, प्रायोजक, सहयोगी एवम् कार्यसमितिसहित संस्थाका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष शिव पराजुलीले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू