लण्डन दूतावासको पृथक कार्यक्रम, नेपाली बालबालिकाले परिसरमा रोप्नेछन् फूल-बिरुवा



लन्डन । संयुक्त अधिराज्य (बेलायत) मा रहेका गैरआवासीय नेपालीका सन्ततिहरूलाई नेपालसँग आवद्ध गराउने उद्देश्यसहित लन्डनस्थित नेपाली राजदूतावासले ‘वान चाइल्ड, वान प्लान्टः अ डे एट द नेपाल एम्बेसी’ कार्यक्रम आयोजना गर्ने भएको छ।
राजदूतावासका अनुसार बेलायतका विभिन्न विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्ष उमेर समूहका नेपालीमूलका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रम अन्तर्गत बालबालिकाहरूले दूतावास परिसरमा फूल तथा बिरुवा रोप्नेछन्।
कार्यक्रम आउंदो २५ अप्रिल २०२६ शनिबार बिहान १० देखि दिउँसो १ः३० बजेसम्म दूतावास परिसर, १२ ए केन्जिंगटन प्यालेस गार्डेन्स लण्डनमा सञ्चालन हुनेछ।
यस कार्यक्रममार्फत बालबालिकाहरूलाई राजदूतावास भ्रमण गराउनुका साथै नेपालप्रतिको लगाव अभिवृद्धि गर्ने, नेपाली संस्कृति र मूल्य मान्यताप्रति सचेत गराउने तथा वातावरणीय चेतना विकास गराउने उद्देश्य राखिएको दूतावासले जनाएको छ।
सिमित संख्यामा मात्र सहभागिता रहने भएकाले इच्छुक अभिभावकहरूलाई आफ्ना बालबालिकाको नाम अग्रीम रूपमा दर्ता गराउन अनुरोध गरिएको छ । नाम दर्ता गर्ने अन्तिम मिति १७ अप्रिल शुक्रबार तोकिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


