टेलिमेडिसिन सेवाका लागि कोष जुटाउन चारभञ्ज्याङ तमु समाजको च्यारिटी



तस्वीर सौजन्य : मिलन तमु
अल्डरसट- चारभञ्ज्याङ तमु समाज यूकेको च्यारिटी डिनर नाइट विशेष कार्यक्रमसहित सम्पन्न भएको छ।
नेपालको चारभञ्ज्याङ गाउँमा टेलिमेडिसिन सेवा सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने लक्ष्यले आइतबार अल्ड्रउड स्कुल, अल्डरसटमा च्यारिटी कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम समाजका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
यस अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। समाजका युवा सदस्य हितमान घलेले संयोजन गरेको कार्यक्रममा महासचिव अनिल गुरुङ र उपाध्यक्ष अमर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह प्रमुख कमला गुरुङ, पूर्व अध्यक्षहरू कमल गुरुङ, रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ र हरी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, आमा समूह महासचिव शान्ता गुरुङ, बुद्धिष्ट गुम्बा आमा समूह अध्यक्ष शारदा गुरुङ, तमुधिं लन्डन अध्यक्ष भरत गुरुङ, सहारा यूके अध्यक्ष शारदा गुरुङ, पूर्व अध्यक्षहरू कुमार गुरुङ र ले. कुसाङ गुरुङ, महासचिव प्रकाश गुरुङ, स्विन्फेन च्यारिटी ट्रस्टका सदस्यहरू तथा टेलिमेडिसिनका सहयोगदाताहरूको उपस्थिति रहेको थियो।
साथै, बेलायतमा सक्रिय सामाजिक अभियन्ता तथा समाजसेवीहरू, भूपू गोर्खा अभियन्ता मेजर उदय बहादुर गुरुङ, उपमेयर लक्ष्य बहादुर गुरुङ, एनआरएनए यूकेका पूर्व अध्यक्ष पुनम गुरुङ, तमु समाज यूकेका अध्यक्ष बिन्दु गुरुङ, गल्याम समाजका अध्यक्ष श्री गुरुङ, बुद्धिजीवी तथा तमुधिं यूकेका ट्रष्टी एकेन्द्र गुरुङ, सहारा यूके र तमुधिं यूकेका सल्लाहकारहरू, शुभेच्छुकहरू, चारभञ्ज्याङ तमु समाज यूकेका संस्थापक अध्यक्ष ले नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्षहरू ले. चन्द्र बहादुर गुरुङ, मेजर कृष्ण बहादुर गुरुङ, बेन कुमार गुरुङ, आमा अध्यक्ष अमाला गुरुङ, उपाध्यक्ष अमर गुरुङ, प्रमुख सल्लाहकार कृष्ण गुरुङ, संस्थापक आमा अध्यक्ष शान्ति गुरुङ, बिमला गुरुङसहित अन्य सल्लाहकारहरू तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा समाजका आमा समूहका सदस्य तथा साना नानीहरूले प्रस्तुत गरेका सांगीतिक कार्यक्रमले कार्यक्रमलाई थप रौनक बनाएको थियो भने नेपालबाट आएकी लोकप्रिय कलाकार सोनी कुवरले आफ्नो प्रस्तुतीमार्फत उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन्।
कार्यक्रममा सहयोग गर्ने सबैप्रति समाजका अध्यक्ष दुर्गा गुरुङले धन्यवाद व्यक्त गरेका थिए।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


