सोमबार, १६ मार्च, २०२६
मतिना फाउण्डेशनले लन्डनमा मनायो ‘मदर्स डे’


नेपाली लिङ्क
मार्च १६, २०२६

लन्डन । नेवा कला संस्कृति जगेर्नामा समर्पित मतिना फाउण्डेशनले लन्डनमा एक कार्यक्रमबीच मदर्स डे मनाएको छ । संस्थाले विगत वर्ष जस्तै यसपटक पनि लन्डन अल्पर्टनस्थित क्ले ओभनमा कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा करिब दश जना आमा र उनीहरुका परिवार सहभागी थिए । अन्जिला र अन्जिलिनाले सञ्चालन गरेको कार्यक्रममा फाउण्डेशन उपाध्यक्ष नगेन्द्र श्रेष्ठले स्वागत र शुभकामना मन्तव्य दिएका थिए । श्रेष्ठले जन्मदिने आमाको सम्मान र माया, सद्भाव प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम भएको जनाए ।
सो अवसरमा बालबालिकाले आ-आफ्नो आमाका सम्बन्धमा संक्षिप्त भनाइ राखेका थिए । करिब चार घण्टा चलेको उक्त कार्यक्रममा स्याम्पेन र केक काटेर खुशीयाली मनाइएको थियो ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


