सोमबार, ९ मार्च, २०२६
05:02 | १०:४७

बेलायतका नेपाली बालबालिकामाझ नेपालका विषयमा वक्तृत्वकला

नेपाली लिङ्क मार्च ८, २०२६

ग्रान्थम- बेलायतमै जन्मिएका र हुर्किंदै गरेका नेपाली बालबालिकामाझ ‘म र मेरो देश नेपाल’ शीर्षकमा एक वक्तृत्वकला प्रतियोगिता गरिएको छ।

मिडल्यान्डको ग्रान्थम नेपाली समाजद्वारा सञ्चालन हुँदै आएको नेपाली भाषा कक्षाको आयोजनामा आइतबार पहिलो पटक आयोजित प्रतियोगितामा स्थानीय १६ बालबालिकाले भाग लिएका थिए।

प्रतियोगितामा ओजस तिमिल्सिना प्रथम, सम्पदा कँडेल द्वितीय र युसिका पौडेलले तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। विजेता बालबालिकालाई समाजका तर्फबाट पुरस्कृत गरिएको थियो।

समाजका उपाध्यक्ष प्रकाश केसीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको निर्णायकमण्डलमा भाषा कक्षा संयोजक प्रविना नेपाल, समाजका सल्लाहकार शिव तिमिल्सिना तथा उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष प्रकाश केसी थिए। कार्यक्रम सञ्चालनसमाजका सचिव उपेन्द्र पौडेलले गरेका थिए।

वक्तृत्वकला प्रतियोगितामा भाषा कक्षाका कुल १६ जना विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए। सहभागी विद्यार्थीहरूमा ओस्कार नेपाल, स्मारिका भण्डारी, रयान नेपाल, सम्पदा कँडेल, शिवम अर्याल, युसिका पौडेल, सबिन ढकाल, सेल्बी अर्याल, ओजस तिमिल्सिना, आयुश्री गौतम, आर्जन भट्ट, यमिसा कँडेल, विशेषता कार्की, कुस भट्टराई, कृषिका पौडेल र ऋषिता पौडेल थिए।

विजेता तथा सहभागी सबै विद्यार्थीलाई ग्रान्थम नेपाली समाजले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। प्रतियोगिता सफल बनाउन तथा पुरस्कार व्यवस्थापनका लागि गरिदिने गोकुल नेपाल, पंकज अर्याल, प्रकाश केसी, अन्जिता रेग्मी तथा वीरेन्द्र कार्की लगायत समाजका अग्रजप्रति समाजले आभार व्यक्त गरेको छ ।

कार्यक्रमले विदेशमा रहेका नेपाली बालबालिकाहरूमा नेपाली भाषा, संस्कृति र आफ्नो देशप्रतिको भावना अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू