बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ, सार्वजनिक पदको दुरुपयोगमा अनुसन्धान



लन्डन- बेलायती राजा चार्ल्स तृतीयका सहोदर भाइ पूर्व राजकुमार प्रिन्स एन्ड्रयुलाई सार्वजनिक पद दुरुपयोग गरेको आशंकामा प्रहरीले पक्राउ गरेको छ।
विहीबार बिहान थेम्स भ्याली प्रहरीले स्याण्ड्रिङहमस्थित शाही निवास क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीले विस्तृत अध्ययनपछि उनलाई नियन्त्रणमा लिइएको र हाल हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जनाएको छ।
पक्राउपछि प्रहरीले वर्कशायर र नर्फोकस्थित उनका केही ठेगानामा खोजतलास गरिरहेको छ। प्रहरीले औपचारिक अनुसन्धान सुरु भइसकेको पुष्टि गर्दै आवश्यक परे थप विवरण सार्वजनिक गरिने जनाएको छ।
विगत केही वर्षदेखि पूर्व राजकुमार एन्ड्रयु मुख्यतः अमेरिकी विवादित यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण विवादमा परेका थिए।
उनलाई अमेरिकामा एक महिलाले नाबालिग अवस्थामा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। उक्त मुद्दा सन् २०२२ मा अदालतबाहिर सहमतिमार्फत टुंगिएको थियो, तर उनले सबै आरोप अस्वीकार गरेका थिए।
त्यसयता राजकीय कर्तव्यहरूबाट पछि हटेका उनी सार्वजनिक भूमिकामा सक्रिय छैनन्।
यो घटनाले बेलायती राजपरिवारका विषयमा नयाँ बहस सुरु हुने अनुमान गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


