सोमबार, १६ फ्रेब्रवरी, २०२६
17:55 | २३:४०

बेलायती र क्यानेडियनलाई चीनमा ३० दिनसम्म ‘भिसा फ्री’

नेपाली लिङ्क फ्रेब्रवरी १६, २०२६

लन्डन । चीनले बेलायत र क्यानडाका नागरिकहरूका लागि आफ्नो भिसा नीतिमा  परिवर्तन गर्दै यही फेब्रुअरी १७ देखि ३० दिनसम्म बिना भिसा चीन भ्रमण गर्न पाउने सुविधा घोषणा गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार पर्यटन, व्यापार र पारिवारिक भेटघाटका लागि चीन आउने साधारण राहदानीवाहकहरूले यो सुविधा पाउनेछन् र यो नीति प्रारम्भिक रूपमा सन् २०२६ डिसेम्बर ३१ सम्म लागू रहनेछ।

बेलायती प्रधानमन्त्री सर केइर स्टार्मरको हालैको चीन भ्रमण र राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय भेटवार्तापछि यो महत्त्वपूर्ण कूटनीतिक सहमति भएको हो।

प्रधानमन्त्री स्टार्मरले यस कदमले बेलायती व्यवसायीहरूलाई विश्वकै ठूलो बजारमध्ये एक चीनमा व्यापार विस्तार गर्न र जनस्तरको सम्बन्ध सुधार गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

चीनले यसअघि नै फ्रान्स, जर्मनी, इटाली र जापानसहित ५० भन्दा बढी देशलाई यस्तै सुविधा दिइसकेको छ, जसलाई चिनियाँ अर्थतन्त्र र पर्यटन पुनरुत्थान गर्ने रणनीतिका रूपमा हेरिएको छ।

यद्यपि, बेलायतभित्रै कतिपय आलोचकहरूले भने चीनसँगको सम्बन्ध सुधारको यो प्रयासले राष्ट्रिय सुरक्षा र मानवअधिकारका मुद्दाहरूलाई ओझेलमा पार्न सक्ने भन्दै सावधानी अपनाउन सरकारलाई सचेत गराएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू