सोमबार, ९ फ्रेब्रवरी, २०२६
17:01 | २२:४६

मनकामना महिला समूहमा नयाँ कमिटी, अध्यक्षमा सीता घिमिरे पौडेल

नेपाली लिङ्क फ्रेब्रवरी ९, २०२६

बर्मिङहम- मिडल्याण्डको बर्मिङहम वेस्ट ब्रोमिचस्थित मनकामना महिला समूहमा नयाँ नेतृत्व चुनिएको छ।

आइतबार सम्पन्न संस्थाको पाँचौँ अधिवेशनले सर्वसम्मत रुपमा सीता घिमिरे पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सीता अर्याल खरेल, सचिवमा माया काफले, सहसचिवमा पार्वती भण्डारी, कोषाध्यक्षमा गीता खरेल र सहकोषाध्यक्षमा कोपिला भुषाल चयन भएका छन् ।

त्यस्तै, सांस्कृतिक समूहमा रोशनी घिमिरे, कल्पना डुम्रे, शुशिला दवाडी, सरु आचार्य र गंगा सापकोटा छन् ।

सो अवसरमा सहभागीहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

अध्यक्ष निर्वाचित पौडेल संस्थाको स्थापना कालदेखि नै विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएकी छन्। अघिल्लो कार्यसमितिमा उनी उपाध्यक्षको भूमिकामा थिइन्।

नवनिर्वाचित अध्यक्ष पौडेलले आफूलाई विश्वास र समर्थन गरी संस्थाको नेतृत्व गर्ने अवसर दिएकोमा सम्पूर्ण सदस्यप्रति धन्यवाद व्यक्त गरेकी छन् ।

उनले आगामी कार्यकाल सफल बनाउन सबैको निरन्तर साथ र सहयोग आवश्यक हुने बताउँदै भविष्यमा पनि सबैको सक्रिय सहयोगको अपेक्षा गरेकी छन्।

नवनिर्वाचित अध्यक्ष सीता घिमिरे पौडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू