शनिबार, १४ मार्च, २०२६
03:09 | ०८:५४

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले बेलायतमा गठन गर्‍यो पहिलो प्रवास कमिटी

नेपाली लिङ्क जनवरी २५, २०२६

लन्डन—कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले आइतबार बेलायतमा पहिलो प्रवास कमिटी गठन गरेको छ ।

व्यवसायी तथा समाजसेवी भगवान श्रेष्ठको संयोजकत्वमा गठित कमिटीमा कोषाध्यक्ष प्रज्वल अधिकारी, सचिव पुष्कल श्रेष्ठ र सदस्यहरुमा विष्णु तामाङ, प्रेम लामा र पवित्रा थापा नियुक्त भएका छन् ।

भर्चुअल माध्यमबाट आयोजित घोषणा सभामा पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ, वरिष्ठ उपाध्यक्ष डा. अनुप उपाध्याय, प्रवक्ता डा. राजु थापा लगायत उज्यालो नेपालका वरिष्ठ नेताहरुको उपस्थिति थियो ।

सभामा बेलायतका व्यवसायी तथा चार्टर्ड अकाउन्टेन्ट एल एन पाण्डेले समग्र प्रवास कमिटी संरचना तथा धारणा पत्र प्रस्तुत गरेका थिए । अमेरिकाबाट सहभागी विभिन्न क्षेत्रका विज्ञहरुले उनेपाका लागि आफ्नो सहयोग प्रदान गर्न उत्सुकता देखाएका थिए ।

उक्त भेलाका कतिपय सहभागीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकता गर्न हतार र गल्ती भएको बताए भने कतिले एकता भइसकेपछि तत्काल पछि हट्न नहुने खालका धारणा राखेका थिए ।

सभामा अध्यक्ष घिसिङले पार्टीको यथास्थितिबारे प्रकाश पर्दै पदाधिकारीहरुलाई पार्टीको उद्देश्य पूर्तिका लागि अग्रसर भएकामा कृतज्ञता व्यक्त गर्दै सोको सराहना गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू