आइतबार, २५ जनवरी, २०२६
23:53 | ०५:३८

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले बेलायतमा गठन गर्‍यो पहिलो प्रवास कमिटी

नेपाली लिङ्क जनवरी २५, २०२६

लन्डन । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले आइतबार बेलायतमा पहिलो प्रवास कमिटी गठन गरेको छ । भगवान श्रेष्ठको संयोजकत्वमा गठित कमिटीमा कोषाध्यक्ष प्रज्वल अधिकारी, सचिव पुष्कल श्रेष्ठ र सदस्यहरुमा कल्पित भण्डारी एवं पवित्रा थापा नियुक्त भएका छन् ।

भर्चुअल माध्यमबाट आयोजित घोषणा सभामा पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ, वरिष्ठ उपाध्यक्ष डा. अनुप उपाध्याय, प्रवक्ता डा. राजु थापा लगायत उज्यालो नेपालका वरिष्ठ नेताहरुको उपस्थिति थियो ।

सभामा बेलायतका व्यवसायी तथा चार्टर्ड अकाउन्टेन्ट एल एन पाण्डेले समग्र प्रवास कमिटी संरचना तथा धारणा पत्र प्रस्तुत गरेका थिए । अमेरिकाबाट सहभागी विभिन्न क्षेत्रका विज्ञहरुले उनेपाका लागि आफ्नो सहयोग प्रदान गर्न उत्सुकता देखाएका थिए ।

उक्त भेलाका कतिपय सहभागीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकता गर्न हतार र गल्ती भएको बताए भने कतिले एकता भइसकेपछि तत्काल पछि हट्न नहुने खालका धारणा राखेका थिए ।

सभामा अध्यक्ष घिसिङले पार्टीको यथास्थितिबारे प्रकाश पर्दै पदाधिकारीहरुलाई पार्टीको उद्देश्य पूर्तिका लागि अग्रसर भएकामा कृतज्ञता व्यक्त गर्दै सोको सराहना गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू