मानवसेवा आश्रम यूकेले बेलायतभर बृहद कार्यक्रम गर्ने, अधिवेशन जुलाई १९ मा



लन्डन- मानवसेवा आश्रम यूके शाखाको अधिवेशन आगामी जुलाई १९ तारिख अल्डरसटमा आयोजना हुने भएको छ ।
शाखा संयोजक सुनिलबाबु खड्काको अध्यक्षतामा गिल्फोर्डस्थित न्यू रोज रेस्टुरेन्टमा आइतबार सम्पन्न विशेष बैठकले अधिवेशन तय गरेको हो ।
बैठकले अधिवेशनअघि बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका विभिन्न क्षेत्रमा बृहद कार्यक्रम गरी मानवसेवा अभियान प्रवर्द्धन गर्ने निर्णय पनि गरेको छ । साउथ इष्ट लन्डन, साउथ वेष्ट लन्डन, अल्डरसट, मिडल्यान्ड, स्कटल्यान्डलगायतका क्षेत्रमा गरिने कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारी तथा उनको टोलीको पनि सहभागिता रहनेछ ।
२०८२ सालसम्म सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने मानवसेवा आश्रमको राष्ट्रिय अभियानलाई सशक्त साथ दिन यी कार्यक्रमहरू आयोजना गर्न लागिएको जनाइएको छ।
बेलायतस्थित विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी आयोजना हुने यी कार्यक्रममा आफ्नो पायक र अनुकुलताअनुसार सहभागी हुन शाखाले बेलायतवासी सबै नेपालीलाई आह्वान गरेको छ।
शाखाका महासचिव यादव श्रेष्ठले सञ्चालन गरेको बैठकमा सहभागीहरुले विदेशमा रहेर पनि मातृभूमिमा सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी (बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहीन तथा मानसिक एवं शारीरिक रूपमा कमजोर) नागरिकहरूको सेवामा समर्पित मानवसेवा आश्रमको अभियानलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
बैठकमा सल्लाहाकार एवं अभियन्ताहरू शिवजी श्रेष्ठ, चन्द्र अर्याल, सुरेन्द्र श्रेष्ठ, राजु आचार्य, विक्रम भट्टराई, देवेन्द्र सिंह श्रेष्ठ, मीन दर्लामी, रस्मिता दर्लामी, तुलसी फुयाँल, वसन्त गौतम, मञ्जु भण्डारी खरेल, जीवन बहादुर शाही, सुलोचना थापा, राधा गौतम, रामकृष्ण अर्याल, ललिता अर्याल, कमला खड्का, विवेक अधिकारी, प्रकाश भण्डारी, श्याम पाण्डे, माधवराज उप्रेती, राजु पाठक, पवित्रा भट्टराई, मीनु शाक्य श्रेष्ठ, सुमित्रा श्रेष्ठ, उर्मिला श्रेष्ठ, सुयोग्य श्रेष्ठलगायतको उपस्थिति थियो।
-मञ्जु भण्डारी खरेल

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


