अन्तर्राष्ट्रिय मार्सल आर्ट प्रतियोगितामा स्वर्ण पदक विजेता सरिना घले सम्मानित



लन्डन । गत वर्ष फेब्रुअरी र जुनमा बेलायतमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट प्रतियोगितामा स्वर्ण पदक जितेकी सरिना घले सम्मानित भएकी छन् । घले समाज यूकेले गत १७ जनवरीमा आयोजित घले ल्होसारका अवसरमा सरिनालाई ४०० पाउण्डको चेकसहित सम्मान गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथी गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष मेजर रि. विष्णु बहादुर घलेले उनलाई सम्मान गरेका थिए । अध्यक्ष घलेले सरिनाको आगामी खेल प्रतियोगितामा सहयोग पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको बताए ।
प्रमुख अतिथी पुष्पा राणा घलेले विद्यार्थीका रुपमा लन्डन आएर पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाललाई गौरवान्वित बनाएको भन्दै बधाइसहित शुभकामना दिएकी थिइन् ।
नुवाकोटको किस्पाङ–१ भाल्चेकी सरिना वर्ल्ड मार्सल आर्टस् कमिटीद्वारा आयोजित खुला च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि चर्चा बटुल्न सफल भएकी थिइन् । उनले नेपाललाई विश्वव्यापी मञ्चमा पहिचान दिलाएकामा बेलायतका विभिन्न संघसंस्थाले सम्मान गरिसकेका छन् ।
अहिले स्नात्तकोत्तर तहमा अध्ययनरत सरिना आगामी जुनमा हुने अन्तर्राष्ट्रिय जर्मन ओपन मार्सल आर्टस् च्याम्पियनसीप २०२६ मा समेत प्रतिष्पर्धा गर्दैछिन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



