सोमबार, १२ जनवरी, २०२६
21:53 | ०३:३८

राप्रपा निकट प्रवासी नेपाली एकता समाज बेलायतमा नयां कार्यसमिति

नेपाली लिङ्क जनवरी १२, २०२६

लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता समाज (पानस) बेलायतमा नयां कार्यसमिति गठन भएको छ ।

आइतबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न संगठनको पहिलो अधिवेशनले पानस बेलायतको तदर्थ समिति विस्तार गर्दै नयां पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सोनाम शेर्पाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको तीनजना उपाध्यक्षमा कुमार गुरुङ, विष्णु गुरुङ र कृष्णप्रसाद खतिवडा एवं महिला उपाध्यक्षमा शर्मिली लामा चुनिएका छन्।

यसैगरी, महासचिवमा रमेश शाही ठकुरी, सचिवमा रोमियन लिम्बु लिङ्देन, सहसचिवद्धयमा राकेश शाह र अमन गुप्ता, कोषाध्यक्षमा गौरव काङ्दवा, सहकोषाध्यक्षमा प्र
काश थापा एवं प्रवक्तामा भुपाल कार्की चयन भएका छन्।

केन्द्रीय सदस्यहरूमा महेन्द्र प्रसाद लिङ्देन, सुरेन्द्र बम, रत्न शाही (गोपाल), विश्व गुरुङ, भुपसिंह शाही, मोहन राई, सोनाम क्षेत्री, सागरिका मल्ल र राम प्रवेश यादव छन्।

अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन समिति गठन गरिएको थियो जसमा संयोजक एस. के. श्रेष्ठ र डा. डेभिड थापा तथा सदस्यहरूमा क्याप्टेन वालकृष्ण गुरुङ, देवेन्द्र कुँवर र गणेश गुरुङ थिए ।

नयाँ कार्यसमितिले आगामी दिनमा प्रवासमा रहेका नेपालीहरूको हकहित र राष्ट्रियताको सवालमा अझ सशक्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सोही अवसरमा पानस बेलायतले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएको छ ।

बेलायतमा रहेका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उल्लेख्य सहभागितामा कार्यक्रम भएको हो ।

रोमियन लिम्बुले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथीहरु डा. डेभिड थापा, एस के श्रेष्ठ र राप्रपा केन्द्रिय सदस्य एवं मिस नेपाल २०२४ आश्मा कुमारी केसी, विशेष अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहा, वरिष्ठ समाजसेवी शेरबहादुर सुनार, मगर संघ अध्यक्ष लालबहादुर पुन, तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङ, पानस यूके सल्लाहकारहरु क्याप्टेन वालकृष्ण गुरुङ र नन्दकुमारी गुरुङ, कांग्रेस नेता तर्कजंग गुरुङ, ललित न्यौपाने लगायत वक्ताहरूले पृथ्वीनारायण शाहको दिव्योपदेश र आधुनिक नेपालको निर्माणमा शाहको योगदानबारे चर्चा गर्दै प्रवासमा रहे पनि नेपाली पहिचान र राष्ट्रियतालाई अक्षुण्ण राख्नुपर्ने कुरामा जोड दिए ।

प्रवक्ता भुपाल कार्कीले स्वागत मन्तव्य दिएका थिए ।

आयोजक पानस बेलायतले आफ्नो अनुरोधलाई स्वीकार गरी कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था तथा सञ्चारकर्मीहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।


तस्विरहरुः प्रकाश कंडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू