यूकेमा अब नेपाली किताब र हस्तकला सामान एकै ठाउँ उपलब्ध



लन्डन– नेपालबाट प्रकाशित हुने नयाँ–नयाँ किताबहरू अब यूकेमा सजिलै उपलब्ध हुने भएको छ । नेपाल क्राफ्ट एन्ड बुक डटकम (www.nepalcraftandbook.com) ले नेपाली पुस्तक र हस्तकलाका सामान सँगसँगै बेच्न लागेको हो ।
संस्थाका अनुसार नेपालमा प्रकाशित धार्मिक, अध्यात्मिक पुस्तकदेखि उपन्यास, जीवनी तथा नेपालभित्र छापिएका अङ्ग्रेजी भाषाका पुस्तकह समेत बिक्रीका लागि अनलाइनमा राखिएको छ । हस्तकलातर्फ आँखिझ्याल, फोटो फ्रेम, माने, मादल, सारङ्गी, डमरु, पानस, चित्रकला, मूर्तिहरू तथा कलात्मक भाँडाकुँडा राखिएका छन् ।
नेपाल क्राफ्ट एन्ड बुक नामबाट सुरु गरिएको व्यवसाय सामाजिक सञ्जालका सबै माध्यममा भेटाउन सकिने प्रोपाइटर निर्भीक रायमाझीले बताए । रायमाझीका अनुसार सामान वेभसाइटबाट सिधै खरिद गर्न अथवा फोन म्यासेजबाट जुनसुकै माध्यमबाट अर्डर गर्न सकिने छ । सहुलियत दरमा सामान यूकेभरि होम–डेलिभरि गरिँदै आएको छ ।
संस्थाले यूकेमा रहेका नेपाली समुदायले पुस्तक, हस्तकला तथा चाडपर्वका सामग्री सहजै खरिद गर्न सकिने विश्वास राखेको छ । यसका साथै नेपालीपन जोगाइराख्न नेपाली कलाका सामान प्रयोग गर्न समेत संस्थाले आह्वान गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



