प्राध्यापक सुवेदीको विद्वत् प्रवचन शनिबार



प्रा. सुवेदी
लन्डन – बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले यही १० जनवरी शनिबार (युके समय अपरान्ह ३ बजे) आयोजित वेबिनारमा विद्वत् प्रवचन दिन लागेका छन्।
जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके शाखाद्वारा आयोजना गर्न लगिएको वेबिनारमा प्रा सुवेदीले “जेन जी आन्दोलनपछि नेपालको संवैधानिक विकासका चुनौती” विषयमा प्रवचन दिने छन्।
नेपालमा गत सेप्टेम्बर महिनामा जेन जी आन्दोलनसंगै सरकार परिवर्तन भएपछि प्रा सुवेदीले आफ्ना भनाइहरु पहिलो पटक सार्वजनिक रुपमा राख्न लागेका हुन्।
“जेन जी पुस्ताले नेपालमा गरेको आन्दोलन पछि बनेको सरकारको संवैधानिकता, विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा लगायत कतिपय जनचासोका विषयमा छलफल र बहस अगाडी बढाउन हामीले यो वेबिनार आयोजना गर्न लागेका हौँ। अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा सुवेदीको विद्वत् प्रवचन विद्यमान सन्दर्भमा निकै उपयोगी हुने हाम्रो विश्वास छ ,” जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके शाखाका अध्यक्ष डा सम्पूर्णानन्द ढुंगानाले भने।
उनले सबैलाई वेबिनारमा सहभागी भएर आफ्ना केही जिज्ञासा भए प्रा सुवेदीसमक्ष राख्न आमन्त्रण पनि गरे।
डायस्पोराको सक्रिय सहभागितामा नेपालको दीगो विकास र रुपान्तरणका लागि बहस चलाउँदै आएको जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले समसामयिक विषयमा अन्तरक्रिया तथा छलफलहरु गर्दै आएको छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



